डा. केसीको भएन माग पुरा, आज ५ बजेबाट अनसन सुरु गर्ने

0
डा. केसी केसी गोविन्द केसीका मागहरु केसी अनशन,अनसन सुरू,सरकारलाई दिए,बुधबारबाटै अनसन,अनसन सुरु,अनशन बस्ने
Advertisement

डा. केसीको भएन माग पुरा, आज ५ बजेबाट अनसन सुरु गर्ने

काठमाडौं।सरकारले आफूसँग गरेको सम्झौता पूरा नगरेको भन्दै डा. गोविन्द केसी १६औं पटक अनसनमा बस्न लागेका छन् । डाक्टर केसीले इलामको फूलगाछीमा १६ औं अनसनको तयारी गरेका हुन् । अनसनको बारेमा अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलन गरी केसीले जानकारी गराउने बताइएको छ ।

सरकारसँग भएको पछिल्लो सम्झौतामा पूर्वमा पाँचथर र इलाममध्ये एक जिल्लामा, सुदूरपश्चिममा डडेलधुरा र डोटीमध्ये एक जिल्लामा र मध्य नेपालको उदयपुरमा सरकारी मेडिकल कलेज स्थापनाका लागि भएको सम्झौता कार्यान्वयनको माग राखेका थिए ।

सातै प्रदेशमा मेडिकल कलेज खोल्ने काम अघि बढाउन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (एमबीबीएस)को भर्ना खोल्न पनि केसीले माग गरेका थिए ।

Facebook Comments