logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

ट्रम्पमाथि लागेको महाअभियोग खारेज

स्टिम न्युज वि.सं २३ माघ २०७६, बिहीबार १२:०६
ट्रम्पमाथि लागेको महाअभियोग खारेज

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाअभियोगको प्रस्तावबाट मुक्त भएका छन् ।

अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा हिंजो बुधवार अपरान्ह भएको मतदानमा ट्रम्पको पक्षमा बहुमत सदस्यहरुले मतदान गरेसँगै उनीमाथि लागेको म’हाअ’भियोगबाट ट्रंप मुक्त भएका हुन् ।

उनको पक्षमा ५२ सिनेटरहरुले मतदान गरेभने बिपक्षमा ४८ सिनेटरहरुको मत परेको थियो ।

अमेरिकाको पछिल्लो राजनीतिक अवस्था निकै बिभाजित र बिबादित बन्दै आएको छ । माहाअभियोग सम्बन्धी प्रस्तावको मतदानमा राष्ट्रपति ट्रम्पले नेत्तृत्व गरेको रिपब्लिकन पार्टी उनको पक्षमा एकजुट भने हुन सकेन ।

राष्ट्रपति पद्का पुर्व उम्मेद्ववार रिपब्लिकन पार्टीका प्रभाबशाली नेता मिट रामनीले राष्ट्रपति ट्रम्पलाई म’हाअ’भियोग लगाउनु पर्ने पक्षमा मतदान गरेका थिए ।

मतदानका क्रममा उनले आफ्नो देश र भगवान समक्ष खाएको सपथको इज्जत गरेको बताउदै राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउनुपर्ने भनाइ राखेका थिए ।

राष्ट्रपति पदको दुरुपयोग गरेको र अमेरिकी जनप्रतिनिधिहरुको संस्था हाउस अफ रेप्रिजेन्टेटिभलाई असहयोग गरेको आ’रोपमा छुटाछुटै मतदान भएको थियो ।

यो मतदान पार्टीलाइन अनुसारकै मत खसेकाले राष्ट्रपति ट्रम्प जोखिम्पूर्ण माहाअभियोगबाट बच्न सफल भएका समाचारमा उल्लेख छ ।



Loading...
loading...

Top