जिल्ला भ्रमणमा मन्त्रीले सके अढाइ करोड ! छाेडेनन् दोहोरो सुविधा पनि

0
मन्त्रीहरुबीच
Advertisement

जिल्ला भ्रमणमा मन्त्रीले सके अढाइ करोड ! छाेडेनन् दोहोरो सुविधा पनि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मालीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रलीलाई झकझक्यारहेका छन्। तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा गरेको खर्च केलाउँदा कसैले पनि पनि निर्देशन पालना गरेको देखिन्न।

यो सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खचएमा अघिल्ले शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्लाई पनि उछिनेका छन्। २०७४ साल फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करिब साढे २ करोड रुपैयाँ सिध्याइसकेका छन्।

देउवा सरकारका ६४ मन्त्रीले करिब १ वर्षमा २ करोड ८८ लाख रुपैयाँ खर्चिएका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार यत्तिको रकम दैनिक भत्ता र हवाई टिकमा मात्र खर्च चएको हो।

मन्त्रीहरुले जिल्ला भ्रमण र अनुगमनक जाँदा सम्बन्धित मन्त्तालय र मातहत कार्यालयबाट समेत इन्धन र रकम लिने गरेका छन् । प्रधानन्त्री कार्यालयले मन्त्रीहरुलाई तलब, भत्ता र इन्धन उपलब्ध गराए पनि दोहोरो सुविधा लिइरहेकाे खबर अाजकाे कान्तिपुरमा छ।

Facebook Comments