logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

स्वतन्त्र सांसद मनाङे नेकपा प्रवेश गर्दै

वि.सं १८ असार २०७६, बुधबार १६:१३
स्वतन्त्र सांसद  मनाङे नेकपा प्रवेश गर्दै

स्वतन्त्र सांसद मनाङे नेकपा प्रवेश गर्दै

काठमाडौं: मनाङ ‘ख’बाट निर्वाचित गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्।

सांसद मनाङे बिहिबारनै पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको उनका स्वविय सचिव जगदीश योगी र नेकपाले पुष्टि गरेका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका उनलाई तत्कालीन एमालेले समर्थन गरेको थियो। ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परेपछि उनले सपथ लिन पाएका थिएनन्। अदालतको आदेशमा रिहा भएपछि २०७५ माघ १४ गते गुरुङले प्रदेश सभा सदस्यको सपथ लिएका थिए।

पुस ६ गते जेलमुक्त भएपछि १२ गते उनले सपथ लिन पाऊँ भनी गण्डकी प्रदेश सभामा निवेदन र निर्वाचन आयोगबाट दिइएको विजय उम्मेदवारको प्रमाणपत्र पेस गरेका थिए। निवेदन दिएको महिना दिनपछि सभामुख नेत्रनाथ अधिकारीले उनलाई सपथ खुवाएका थिए।



Loading...
loading...

Top