दिमागको बिर्को लोकार्पण

दिमागको बिर्को
Advertisement

दिमागको बिर्को लोकार्पण

पोखरा, १९ जेठ: लघु कथाकार राजु क्षेत्री अपुरोको चौँथो लघुकथा सङ्ग्रह दिमागको बिर्को शनिबार पोखरा महानगरपालिका वडा नं २५ हेमजामा लोकार्पण गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी, स्वतन्त्र पत्रकार सङ्घ कास्कीका अध्यक्ष असफल गौतम लगायतले संयुक्तरुपमा पुस्तकको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य भण्डारीले साहित्यको महत्वबारे प्रकाश पार्दै साहित्यानुरागीका लागि दिमागको बिर्को पठनीय बन्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सचिव ईश्वरीप्रसाद पोखरेल, साहित्यकार मदन भण्डारी, विष्णु बाँस्तोला, पदम नेपाली, खिमकुमारी भण्डारी लगायतले लघुकथाकार अपुरोलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार एवं समीक्षक कल्यण पन्तले पुस्तकको समीक्षा गर्नुभएको थियो ।

Facebook Comments