logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

जग्गा कारोबारको बिसयमा धरानका वडा सदस्यले स्थानीयलाई कुटे

वि.सं १२ श्रावण २०७५, शनिबार १८:१२
जग्गा कारोबारको बिसयमा धरानका वडा सदस्यले स्थानीयलाई कुटे

जग्गा कारोबारको बिसयमा धरानका वडा सदस्यले स्थानीयलाई कुटे

धरान । जग्गा कारोबारको विषयलाई लिएर धरान १६ का वडा सदस्य सहित अन्य दुई जनाले धरान १६ लक्ष्मी चौकका एक युवकलाई कुटपिट गरी फरार भएका छन् ।

धरान १६ निवासी दिपेश थपलियालाई उनीहरुले साउन ९ गते साँझको समयमा धरान १३ मा रहेको पार्टी प्यालेस अगाडि साथीको छोराको विहेको भोज खाएर फर्किने क्रममा वडा सदस्य दिपक आचार्य सहित स्थानीय गोकुल राई र मनोज विष्ट मिलेर कुटपिट गरी फरार रहेको इलाका प्रहरी कार्यालय धरानमा प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । कुटपिटबाट थपलियाको आँखाको डिलमा गहिरो चोट लागेको छ ।

कुटपिट पश्चात पीडित थपलियाले कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै साउन १० गते इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । कुटपिट गर्ने वडासदस्य आचार्य सहित अन्य दुई राई र विष्ट फरार रहेको डिएसपी पौडेलले जानकारी दिए । उनीहरुहरुको खोजी कार्य तिब्र बनाएको बताउदै उनले उनीहरुलाई प्रक्राउ गरी सार्वजनिक मुद्दामा कारबाही अगाडि बढाइने जानकारी दिएका छन ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com