logo
  • Thursday, July 9, 2020
  • वि.सं २५ असार २०७७, बिहीबार

उप- निर्वाचन २०७६ : धरानमा कांग्रेसको अग्रता, वडा नं १७ मा बढायो दोब्बर मत

स्टिम न्युज वि.सं १५ मंसिर २०७६, आईतवार १४:१७
उप- निर्वाचन २०७६ : धरानमा कांग्रेसको अग्रता, वडा नं १७ मा बढायो दोब्बर मत

धरान। धरान उपमहानगरपालिकाको मेयर पदमा कांग्रेसले ३३४ अग्रता लिएको छ । अघल्लिो पटक १७ नम्बर वडा १०३२ मत ल्याएको कांग्रेसले यस पटक दाेब्बर बढाएर २२२५ मत ल्याएको छ ।

स्थानिय तहको निर्वाचनमा २० वटै वडामा उमेदवारी दिएपनि तत्कालिने माओबादीले १८९९ मत ल्याएर १७ मात्र विजयी बनेका थियाे । तत्कालिन एमालेले १३९५ मत प्राप्त गरेको थियो । तत्कालिन माओबादी र एमालेको गरी
३२९४ मत प्राप्त गरेका थिए ।

तर यसपट पार्टी एकीकरण पस्च्यात भएको उपनिर्वाचनान नेकपाले २२६५ मत मात्र प्राप्त गरेको छ ।

वडा नम्बर २०, १९, १८ र १७ को मतगणना सम्पन्न भइसक्दा नेकपाले ४७ मतले  अग्रता लिइरहदा वडा नम्बर १६ को मत गणना सम्पन्न हुदा ३३४ मतले कांग्रेसले अग्रता  लिएको छ ।

वडा नम्बर १६ १७, १८, १९,  २० को मत गणना सक्दा नेकपाका प्रकाश राइले ६४२३ र नेपाली कांग्रेसका तिलक राइले ६७५७ मत प्राप्त गरेका छन् । १६ नंं वडा यस अघि नेकपाले जितेको वडा हो ।



Loading...
loading...

Top