logo
  • Wednesday, September 30, 2020
  • वि.सं १४ आश्विन २०७७, बुधबार

सजना श्रेष्ठले आत्महत्या गरेको नभई उनको हत्या भएको माइती पक्षको दाबी

स्टिम न्युज वि.सं २८ श्रावण २०७७, बुधबार ११:४०
सजना श्रेष्ठले आत्महत्या गरेको नभई उनको हत्या भएको माइती पक्षको दाबी

सजना श्रेष्ठले आत्महत्या गरेको नभई उनको हत्या भएको माइती पक्षको दाबी

धनकुटा: पाख्रीबास स्थीत आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकी सजना श्रेष्ठले आत्महत्या गरेको नभई उनको हत्या भएको मृतकको माइती पक्षले आरोप लगाएका छन् । मंगलबार नेपाल पत्रकार महासंघ धनकुटाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै मृतकका परिवारले  मृतक आफैँले आत्महत्या नगरेको र मृतकको श्रीमान र परिवारको मिलेमतोमा उनको हत्या भएको आरोप लगाएकका हुन् ।

भोजपुर जिल्ला को भैंसीपंखा गा.वि.स. वडा नं. ७ (हाल परिवर्तित भोजपुर न.पा. वडा नं. १०) खुरिला की सजना श्रेठ र धनकुटा जिल्ला मुगा गाविस वडा नं.८ (पाख्रीबास न.पा. वडा नं. ८ ) भुँवारेका गणेश प्रधान संग २०७४ साल मंसिर २८ गतेका दिन परम्परागत बिबाह भएको थियो ।

मृतक सजनाले  पाख्रीबास न.पा. वडा नं.४ स्थित सुसिला गुरुङको सटर बहालमा लिई पसल गर्दै थिइन् भने उनका श्रीमान्  गणेश प्रधान वैदेशिक रोजगारीमा गएका थिए। तर गणेश प्रधान वैदेशिक रोजगारीमा रहेकै बखत विदेशबाटै मृतकलाई अनावश्यक मानसिक पिडा तथा तनाब दिइरहने गरेको कुरा उनले उनका माइती पक्षलाई जानकारी गराएको माइती पक्षले पत्रकार सम्मेलनमा बताए।

मृतकका पति गणेश श्रेष्ठ २०७६ असोज महिनामा नेपाल आएपछी पनि मानसिक तनाब दिइरहेको कुरा बताउने गरेको मृतकको पसल छेउमा पसल गरिरहेका सिता श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मृतकका पिता बम बहादुर श्रेष्ठले भने ज्वाई( गणेश श्रेष्ठ)ले २०७७ साल श्रावण २४ गते विहान ०४ः२३ बजे मलाई फोन गरी सजना  झुण्डिएर मरेको हुँदा तुरुन्त आउनु भन्ने खबर पठाएको बताए ।

घटनास्थलमा छोरीको अवस्था हेर्दा र बिगत देखी उनले ज्वाईबाट पाएको पिडा सुन्दा उनको आत्महत्या नभई ज्वाइँ (गणेश प्रधान) र निजको घरपविारले नियोजित रुपमा हत्या गरेको हुनसक्ने उनले बताए ।

उनले भने मैले सोही दिन जिल्ला प्रहरी कार्यालय धनकुटामा आएर निवेदन गर्दा मेरो निवेदन प्रहरीले अस्वीकार गरेको थियो । त्यसपछि मैले जिल्ला सरकारी वकिल कार्यालय धनकुटामा निवेदन दिएको थिएँ । हालसम्म पनि उक्त घटनामा आशंका गरिएको दोषी खुलेआम हिडिरहेको हुँदा अनुसन्धानको दायरामा ल्याउन र  दोषि पाइए प्रचलित ऐन, नियम, कानुन, नजिर अनुसार दण्ड सजाय गरी पाउन लागि सम्बन्धित सरोकारवाला प्रहरी प्रशासन एवं निकायहरुको ध्यानाकर्षण समेत गराए।

उक्त घटनाको साक्षीको अनुसार उक्त घटनाको सरजमिन मुचुल्कामा मृतकको शरीरमा देखिएको चोट निधारमा भएको टुटुल्को, शरीरमा भएको दाग र ओठमा भएको निल डाम उल्लेख नभएको गुनासो गर्दा सोको पोष्ट मार्टम रिपोर्टमा उल्लेख हुने र फोटो भिडियो खिच्न खोज्दा पिडित पक्षलाई उपलब्ध गराउने भनी आश्वासन दिएको तर हालसम्म यसको कुनै पनि सामग्री उपलब्ध नगराएको साथै आरोपित व्यक्तिलाई कानूनको दायराभित्र ल्याउने कुनै कदम नचालिएको गुनासो पिडित पक्षको छ ।

पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी प्रहरी लिन नमानेको साथै प्रहरीले नै ढिलासुस्ती गरेको आरोप छ । मुचुल्का उपयुक्त ढंगमा नहुनु, जाहेरी लिन नमान्नुले घट्ना थप शंकास्पद बनेको छ ।



Loading...
loading...

Top