logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

चार दिनमै ढल्यो भारतको महाराष्ट्र सरकार

स्टिम न्युज वि.सं ११ मंसिर २०७६, बुधबार ०९:२५
Blog single photo

भारत: भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फड्नाभिसले राजीनामा दिएका छन् । भारतीय जनता पार्टी भाजपाका नेता फड्नाभिसले मुख्यमन्त्रीको सपथ लिएको चौथो दिनमै राजीनामा दिएका हुन् ।

भारतको सर्वोच्च अदालतले फड्नाभिसलाई राज्यसभामा आफ्नो पक्षमा बहुमत देखाउन आदेश दिएपछि उनले राजीनामा दिएका हुन् । फड्नाभिसले गएको शनिवार विहान राष्ट्रवादी कंग्रेस एनसीपीका नेता अजित पवारको सहयोगमा महाराष्ट्रमा सरकार गठन गरेका थिए । उनले अजित पवारलाई उपमुख्यमन्त्रीमा नियुक्त समेत गरेका थिए । तर एनसीपीले अजित पवारले पार्टी विभाजन गरेको र भाजपा नेतृत्वको महाराष्ट्र सरकारलाई समर्थन नगर्ने बताएपछि फड्नाभिस संकटमा परेका हुन् ।

यसअघि एनसीपी अध्यक्ष शरद पवारले भाजपा समर्थित सरकारले राज्यको भलाई नहुने बताएका थिए । महाराष्ट्रका दुईसय ८८ सिटमध्ये भाजपाले एक सय पाँच सिटमा जित हात पारेको थियो भने एनसीपीले ५४, कंग्रेस आईले ४४ र शिवसेनाले ६५ सिटमा जित हात पारेका छन् । निर्वाचनमा भाजपा र शिवसेना तथा कंग्रेस आई र एनसीपीले गठबन्धन बनाएर निर्वाचन लडेका थिए ।




Top