logo
  • Thursday, November 21, 2019
  • वि.सं ५ मंसिर २०७६, बिहीबार

बिक्रम बराल र सम्झना पाण्डेलाई ‘ढाक्यो मायाले’ (भिडियो सहित)

स्टिम न्युज वि.सं २ कार्तिक २०७६, शनिबार १५:५२
Blog single photo

काठमाडौं: द भोइस अफ नेपालको ब्याटल राउण्ड सम्म पुगेकी गायिका सम्झना पाण्डे र नेपाल आइडलबाट चर्चामा आएका गायक बिक्रम बरालको स्वर रहेको  ‘ ढाक्यो मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।

भुपिन्द्र महतको शब्द सृजना र संगीतकार हरि लम्सालको संगीत रहेको गीतको भिडियो  टुवेल नोट्सको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

रोमान्टिक प्रेम कथा रहेको  गीतको भिडियोमा गायिका पाण्डे र निराजन प्रधानले अभिनय गरेका छन् । गीतको भिडियोको  निर्देशन निर्देशक शान थापाले गरेका हुन् ।

राजीव समीरको कोरियोग्राफी रहेको गीतको भिडियो को छायांकन अर्जुन तिवारीले गरेका छन् भने नकुल सिलवालले सम्पादन गरेका छन्।




Top