logo
  • Friday, May 7, 2021
  • वि.सं २४ बैशाख २०७८, शुक्रबार

देउवा र ठाकुर निर्वाचनकै पक्षमा

स्टिम न्युज वि.सं ३० चैत्र २०७७, सोमबार ०७:५५
देउवा र ठाकुर निर्वाचनकै पक्षमा

काठमाडाैं । सतहमा सत्ता समीकरण बदल्ने प्रयास भइरहे पनि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको भित्री लाइन निर्वाचनमै जाने देखिएको छ ।

तत्काल चुनावमा जानका लागि तीन दलीय गठबन्धनको सरकार बन्न नदिन जसपाका ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले भूमिका खेलिरहेको छ ।

ठाकुर र महतो मुद्दाका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिन्छन् । चुनावमा जाने सबालमा यो पक्षको रणनीतिक योजना प्रधानमन्त्री ओलीका साथै कांग्रेस सभापति देउवासँग पनि मिल्छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।



Loading...
loading...

Top