वाइड बडी प्रकरण: काँग्रेस सभापति शेर बहादुर देउवा पनि सामेल!

0
Nepal Airlines,फाप्लु उडान रद्द,अख्तियार र आयोग
Advertisement

वाइड बडी प्रकरण: काँग्रेस सभापति शेर बहादुर देउवा पनि सामेल!

वाइड बडी खरिद प्रकरणमा काँग्रेस सभापती तथा निबर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको संग्लनता रहेको खुलेको छ। २०७४ जेठ २४ गते देउवा प्रधानमन्त्री भएको चार दिनपछि २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिपारिसको निर्णय भएको थियो । त्यतिबेला देउवाले नै पर्यटन मन्त्रालयको नेतृत्व गरेका थिए ।

वाइड बडी खरिद प्रक्रियामा अनियमितता भएको खबर आए पछि सार्वजनिक लेखा समितिले सो बिषयमा सत्य तथ्य पत्ता लगाउनको लागि राजेन्द्र कुमार केसीको अध्यक्षततामा छानबिन उप समितिको गठन गरेको थियो। स्मरण रहोस राजेन्द्र कुमार केसीले शेर बहादुर देउवाको पछिल्लो सरकारमा युवा तथा खेलकुद मन्त्रालयको कार्यभार सम्हालेका थिए।

छानविन उपसमितिको प्रतिवेदनलाई आधार मान्ने हो भने वाइड वडी खरिदको लागि पहिलो किस्ता अमेरिकी डलर ७ करोड ९० लाख (आजको मूल्य अनुसार करिब ८ अर्ब ८४ करोड नेपाली रुपैया) मिति २०७४ जेष्ठ २९ गते पर्यटन मन्त्रालयको सचिव स्तरिय निर्णय पछि भुक्तान भएको देखिन्छ।

छानबिन उपसमितिले यहि मितिलाई आधार मानेर आफ्नो प्रतिवेदनको पेज नं. २७ को बुँदा नं. ४ मा “पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मा. जितेन्द्र नारायण देवको जिम्मेवारकिा सन्दर्भमा जहाज खरिदका लागी हाई फ्ल्याई आयरल्याण्ड कम्पनीसँग कानुन विपरित सम्झौता भएको कुरा नजर अन्दाज गरि पहिलो किस्ता वापतको रकम सोहि हाई फ्ल्याई आयरल्याण्ड लाई भुक्तानी गर्न सटहि सुविधा प्रदान गर्न सोहि मन्त्रालयका सचिब स्तरीय निर्णयबाट गरिएको देखिँदा तत्कालिन मन्त्री जितेन्द्र नारायण देवले नैतिक जिम्मेवारी लिनुपर्ने देखिएकोले कानुन सम्मत कारवाहीका लागि निर्देशन गर्न समितिलाई सिफारिस गर्दछ” भनी उल्लेख गरेको छ।

तर पुर्वमन्त्री देवले प्रतिवेदनको उक्त बुँदाको खण्डन गर्दै “सो मितिमा म जितेन्द्र नारायण देव मन्त्री नै नरहेको तथ्य व्यहोरा सार्वजनिक जानकारीको लागि सार्वजानिक गर्दछु” भनि छानबिन उपसमितिको उक्त तथ्यको खण्डन गरेका छन। उनले छानबिन समितिले राजनीतिक व्यक्तीको चरित्र हत्या र बदनाम गर्ने उद्धेश्यले कपोकल्पित व्यहोरा लेखेकाले उपसमितिले सार्वजनिक रुपमा आत्मआलोचना गरि प्रतिवेदनबाट सो अंश हटाउनु पर्ने समेत माग राखेका छन।

उक्त समयमा जितेन्द्र नारायण देव पर्यटन मन्त्री नभएको देखिएको छ। मिति २०७४ जेष्ठ २५ देखि २०७४ श्रावण १० गते सम्म पर्यटन मन्त्रालयको जिम्मेवारी तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले सम्हालेका थिए भने श्रावण ११ गते मात्र जितेन्द्र नारायण देवले पर्यटन मन्त्रीको जिम्मेवारी पाएका थिए।

उपलब्ध तथ्य प्रमाणलाई नजर अन्दाज गरि राजनैतिक पुर्वाग्रहले वर्तमान रबिन्द्र अधिकारीलाई विवादित बनाई राजिनामा गराउने उद्देश्यले उहि आरोप लाग्दा अधिकारी माथी बद्नियत गरेको भन्ने तर सोहि आरोपमा पुर्व मन्त्रीलाई नैतिक जिम्मेवारी तोकेको छानबिन उपसमितिले सिफारिस गरे बमोजिम “कानुन सम्मत कारबाही” अघि बढाएमा पुर्व मन्त्री देव माथि कारबाही नभई पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा कारबाहीमा पर्नेछन।

Facebook Comments