डेङ्गु के हो ? डेङ्गुबाट कसरी बच्ने? लामखुट्टे भगाउने तरिका समेत

डेङ्गु के हो ? डेङ्गुबाट कसरी बच्ने? लामखुट्टे भगाउने तरिका समेत
Advertisement

डेङ्गु के हो ? डेङ्गुबाट कसरी बच्ने? लामखुट्टे भगाउने तरिका समेत

धरान लगायत नेपालको पूर्वी क्षेत्रमा डेङ्गुको आतंक छ । डेङ्गु के हो ? डेङ्गुबाट कसरी बच्ने? र लामखुट्टे भगाउने तरिका लगायतका बारेमा यस लेखमा हामी चर्चा गर्नेछौं ।

केही वर्ष अघिसम्म नेपालमा डेङ्गुका बारेमा हामीले न त सुनेका थियौं, न त पढेका नै थियौं तर आजसम्म आइपुग्दा यो झन्डै महामारीको अवस्थामा देखिन थालेको छ। सन् २०१२ मा झापामा व्यापक रुपमा डेङ्गु संक्रमण देखिएको थियो।

अहिले पनि धरानमा ७५ जनाभन्दा बढी यसको शिकार भई सकेका छन्। त्यसैले आज हामी डेङ्गु के हो ? र डेङ्गुबाट कसरी बच्ने ? यसै सन्दर्भमा गहिरिएर लाग्दैछौं।

डेङ्गु के हो ?

प्रत्यक वर्ष वर्षातको दिनमा डेङ्गुको प्रकोप फैलन शुरु हुन्छ । डेङ्गु एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ। विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी(aedes agypt) मुख्य हुन्।

लामखुट्टेको मुखमा dengue virus हुन्छ जो मान्छेलाई टोकेपछि मुखमा जान्छ र मान्छेलाई डेङ्गु रोग लाग्छ । यो virus शरिरभित्र पुगेको ३ देखि ५ दिन भित्र असर देखिन थाल्छ । डेङ्गुयुक्त लामखुट्टे सफा पानीमा रहन्छ र धेरै उचाइमा उड्न सक्दैन ।

डेङ्गुको  लक्षणहरु
यसका लक्षणहरु ३ किसिमका रहेका छन् ।

१. साधारण ज्वारोः
यसको असर सामान्यतया ५ देखि ७ दिनमा देखा पर्छ । यसमा बिरामीलाई पहिला धेरै चिसो महशुस हुन्छ र पछि जोडले ज्वरो आँउछ र शरिरका जोर्नीहरुमा दुखाई हुन्छ । रोगीको आँखाको पछिल्लो भागमा दुख्छ र आँखा झिम्क्याउँदा झन दुख्छ । भोक लाग्दैन र शरिरमा कमजोरी महशुस हुन्छ साथै घाँटीमा हल्का दुखाई शुरु हुन्छ ।

२. डेङ्गु hemorrhagic ज्वरो
यो रोगमा विरामीलाई वान्ता हुने साथै नाक र पिसावमा रगत देखिने हुन्छ । यो रोग पत्ता लगाउन रगतको जाँच गर्न जरुरी हुन्छ ।

३.  dengue shock syndrome
यो खाले डेङ्गुको ज्वारोमा माथी उल्लेख गरिएका डेङ्गुका लक्षण हुनुका साथै जोडले ज्वरो आँउछ तर त्वचा भने चिसो नै रहन्छ । छट्पटी र बेहोस भएजस्तो अनुभव हुन्छ । रक्तचाप कम हुन जान्छ । यो प्रकारको डेङ्गु धेरै खतरनाक हुने र ज्यान पनि लिन सक्ने भएकोले रोगीलाई तत्काल अस्पताल भर्ना गरि हाल्नु पर्छ ।

उच्च जोखिममा पर्ने वर्गहरु

एक वर्षभन्दा मुनिका बच्चाहरु र ६० वर्षमाथिका वृद्धवृद्धाहरु, मोटोपन भएका व्यक्तिहरु, गर्भवती महिला, पेप्टिक अल्सर भएकाहरु, रगत नजम्ने रोग भएका जस्तो: थ्यालेसेमिया, जन्मजात मुटुका रोगीहरु, मधुमेह, उच्च रक्तचाप, कलेजोको सिरोसिस, मृगौला फेलियर भएका दीर्घ रोगीहरु, स्टेरोइड, पेनकिलर आदि प्रयोग गरिरहेकाहरु उच्च जोखिममा पर्दछन्।

डेङ्गु रोगको उपचार

डेङ्गु भाइरल संक्रमण हो। प्राय: भाइरल संक्रमणमा हामीले लाक्षणिक तथा सहयोगी उपचार प्रक्रिया अपनाउने गर्दछौं। यसको आफ्नै एन्टीभाइरल औषधि भने छैन। चाँडोभन्दा चाँडो रोगको पहिचान गर्नु अत्यन्त आवश्यक छ। समयमै उपचार शुरु गर्दा जटिलता र मृत्युबाट बचाउन सकिन्छ।

साधारण खाले डेङ्गु रोगमा मरिचको प्रयोगले paracetamol medicine ले आराम दिन सक्छ । तर यो कुरा याद राख्नु पर्छ कि, यस्तो बेला मरिचको प्रयोग सँगै aspirin tablets भने विल्कुल दिनु हुँदैन किनकी यसको सेवनबाट रगतमा platelets कम हुने खतरा हुन्छ । शुरुको लक्षणको आधारमा मात्रै आफूलाई कुनखाले डेङ्गु रोग लागेको हो पत्ता लगाउन मुस्किल हुन्छ । त्यसकारण तत्काल उपचारको लागि डक्टरकहाँ जानु पर्छ ।

डेङ्गुबाट कसरी बच्ने घरेलु उपाय

१. भिटामिन सि. युक्त खाद्यपदार्थहरुः सुन्तला, अमला र मौसमी जस्ता चीजहरु सेवनगरि रोग प्रतिरोधी क्षमताको विकासगर्नु पर्छ ।
२. भोजनमा सधैं बेसारको प्रयोग गर्नुृ पर्छ । एक गिलास पानी या दुधमा बेसार मिलाएर खानु राम्रो तर ज्वरो आँउदा भने दुध मिसाउनु हुँदैन । तुलसीको पात हलका महमा उमालेर खानुहोस् जसले रोग प्रतिरोधात्मक क्षमता बढाँउछ ।

डेङ्गु रोग रोक्ने उपाय

क. लामखुट्टेको टोकाइबाट बच्ने, कुलेसो र खोल्साहरुमा मट्टितेल र पेट्रोल छर्कने ।
ख. भाँडा, पुराना टायर र डिब्बाहरुमा पानी जम्न नदिने
ग. झ्याल र ढोकाहरुमा जाली लगाउने ।
घ. झुलको प्रयोगगरि सुत्ने ।

डेङ्गु रोग लाग्दा के खाने?

मेवाको पात डेङ्गु रोगको लागि संजिवनी हो । मेवाको २ वटा पात पिसेर रस निकाल्ने । यसमा मह र सुन्तलाको रस मिसाउने । दिनमा नियमित एक पटक यसको प्रयोग गर्नु होस् जसबाट रगतमा platelets को संख्या बढ्न गई डेङ्गुको किटाणुसित लड्ने क्षमता विकास हुनेछ ।

सुन्तलाको रस
सुन्तलामा भिटामिन भरपुर हुन्छ । जसले पाचन प्रणालीलाई ठिक राख्दछ । सुन्तलाले रगतमा आवश्यक antibodies बढाउँछ जसले डेङ्गुसँग लड्ने क्षमता पैदा गर्दछ ।

हर्बल चिया
हर्बल चियाले ज्वरो कमगर्न मद्दत गर्दछ । हर्बल चियालाई अदुवासँग मिलाएर उपभोग गर्दा फाइदा हुन्छ ।

नरिवलको पानी
डेङ्गुको कारण शरिरमा पानीको कमी हुन्छ । यसको सेवनले शरिरमा पानीको कमी हुन नदिनुका साथै पोषकतत्व पनि प्रदान गर्दछ ।

सुप
काँक्रो, गाजर र अन्य तरकारीको रसको सेवनबाट शरिरमा प्रशस्त मात्रामा पोषक तत्व मिल्दछ । यसलाई सजिलोसित पचाउन सकिन्छ र कमजोर पनमा लाभदायक हुन्छ ।

कागतीको रस
कागतीको रसले रगतमा भएको विषालु पदार्थलाई पिसावको माध्यमबाट बाहिर निकाली रगतलाई सफा गर्दछ । यसकारण डेङ्गुको रोगीको लागि कागतीको रस धेरै लाभदायक सावित भएको छ । एजेन्सीको सहयोगमा

औलो रोगबारेमा जानकारी लिन यो भिडियो हेर्नुहोस:-

लामखुट्टे भगाउने तरिका यस लेखमा दिइएको छ थाहापाइ राख्नुस आफु पनि बाच्नुस अरूलाइ पनि बचाउनुस

घरबाट मात्र होइन समुदायबाट नै लामखुट्टे कसरी भगाउने ? लामखुट्टेबाट बच्ने उपाय

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here