logo
  • Monday, December 9, 2019
  • वि.सं २३ मंसिर २०७६, सोमबार

कंगोमा दादुराको महामारीः झन्डै ५ हजारको मृत्यु

स्टिम न्युज वि.सं ६ मंसिर २०७६, शुक्रबार १२:४६
Blog single photo

काठमाडौंः प्रजातान्त्रिक गणतन्त्र कंगोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा झन्डै ५ हजार मानिसको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार कंगोका सबै राज्यहरुमा दादुरा फैलिएपछि ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको हो ।

सन् २०१९ मा मात्रै दादुराबाट संक्रमित हुने बिरामीको संख्या झण्डै अढा इलाख पुगेको छ । दादुरा विश्वमै सबैभन्दा छिटो र धेरै फैलिने महामारी रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कंगोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउनेभन्दा दुई गुणा बढी मानिसको ज्यान दादुराले लिएको छ ।

कंगो सरकार र डब्ल्यूएचओले महामारी फैलिने क्रम नरोकिएपछि गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपत्कालीन कार्यक्रम सञ्चालन गरेका थिए । तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँचका अभावले दादुरा संक्रमण रोक्ने प्रयासमा असर परेको छ ।

अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको छ । तर विज्ञहरुका अनुसार खोप लगाइनुपर्ने संख्याभन्दा आधाले पनि कम हो । त्यस्तै त्यहाँ पर्याप्त खोप उपलब्ध नभएको उनीहरुले बताएका छन् ।




Top