logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

साईबर क्राइम सुरक्षा तथा सचेतनाका सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

वि.सं ३० असार २०७६, सोमबार २१:३०
Blog single photo

साईबर क्राइम सुरक्षा तथा सचेतनाका सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

चितवन । फोर्ब्स कलेज चितवन र उक्त कलेजको साईबर सचेतना क्लबको संयुक्त संयोजनमा सुरक्षा तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।साईबर क्राइम सुरक्षा तथा सचेतनाका बारेमा जानकारी दिने उदेश्यले नेपाल पत्रकार महासंघ चितवन शाखाको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

जिल्लाका करिब ३५ जना क्रियाशिल पत्रकारहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा फोर्ब्स कलेजको साईबर सचेतना क्लबका पाँच जना प्रशिक्षकहरुले सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रशिक्षक सुलभ अधिकारीले साईबर क्राईमको वर्तमान अवस्था र त्यसबाट जोगिनका लागि अपनाउँनु पर्ने सावधानी लगायतका विषयमा प्रकाश पारेका थिए ।

बदलिँदो समयमा सुचना प्रविधि र सामाजिक सञ्जालले हाम्रो जिवनशैली सहज बनाएता पनि जोखिम बढाएको धारणा पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बताएका थिए। उनले फेसबुक, ईमेल वा विभिन्न मोबाईल एप्लिकेशनहरु प्रयोगको क्रममा अञ्जानमै हुनसक्ने त्रुटी र त्यसले सृजना गर्नसक्ने विषम परिस्थितीबारे जानकार गराउँन कार्यक्रम महत्वपुर्ण रहेको समेत उनले बताए ।

 




Top