logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

नेपाल र थाइल्याण्डबीचको खेल नतिजा विहीन, नेपालले बनायो सेमिफाइनलमा स्थान

वि.सं १२ बैशाख २०७६, बिहीबार १४:३७
नेपाल र थाइल्याण्डबीचको खेल नतिजा विहीन, नेपालले बनायो सेमिफाइनलमा स्थान

नेपाल र थाइल्याण्डबीचको खेल नतिजा विहीन, नेपालले बनायो सेमिफाइनलमा स्थान

काठमाडौं: नेपाल र आयोजक थाइल्याण्डबीचको आजकाे खेल रद्द भएको छ । एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता अन्तर्ग तथाइल्याण्ड जारी खेल चट्याङसहितको वर्षा भएपछि नेपाल र थाइल्याण्डबीच भएको समूह चरणको अन्तिम खेल नतिजा विहीन बनेको हो ।

नेपालले दिएको २३५ रनको फराकिलो लक्ष्यसहित आयोजक थाइल्याण्डले जवाफी ब्याटिङ गरिरहदा बर्षा भएपछि खेल पुन: संचालन हुन नसक्दा रद्द भएको हो । खेल बर्षाले रोकिनु अघि थाइल्याण्डले १ ओभर ५ बलमा १ विकेट गुमाएर रन जोड्न सकेको थिएन् । नेपालका प्रसान्त महतले थाइल्याण्डले चावात्रीचाईलाई सुन्य रनमा आउट गरेका थिए । खेल नतिजाविहीन बनेसंगै नेपाल र थाइल्याण्डले १/१ अंक बाडेका छन् ।

थाइल्याण्डसंग अंक बाडेसंगै नेपालले समूह बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले ३ खेलमा ५ अंक जोड्यो । मलेसिया ४ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । आयोजक थाइल्याण्ड र म्यानमार भने समूह चरणबाट बाहिरिएको छ ।थाइल्याण्डले ३ अंक जोड्दा म्यानमारले अंक जोड्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ७ विकेट गुमाएर २३४ रन बनाएको थियो । नेपालको उच्च योगफलमा आशिस भट्टराईले ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै बिशाल बिक्रम केसीले ३८ रन जोड्दा दिपक बोहराले ३५ रन बनाए । बिशाल कुमार पटेल २८ रनमा अविजित रहदा निखिल कुमार सिंह २२ रनमा अविजित रहे । थाइल्याण्डका नारावेट नुन्ताराजले ३ तथा योड्साक सारानोननाकुनले २ विकेट लिए । साविकको विजेता समेत रहेको नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।



Loading...
loading...

Top