logo
  • Wednesday, September 30, 2020
  • वि.सं १४ आश्विन २०७७, बुधबार

कोरोना भाइरसकाे लक्षण के हो ? कसरी बच्ने ?

स्टिम न्युज वि.सं ७ चैत्र २०७६, शुक्रबार ००:०९
कोरोना भाइरसकाे लक्षण के हो ? कसरी बच्ने ?

उत्तरी छिमेकी चीनबाट सुरू भएकाे  ‘कोरोना भाइरस’ले बिश्वभरि त्रासदी फैलाएको छ । यो भाइरसका कारण चिनमा मात्रै  ३ हजार २२५ जनाले ज्यान गुमाएका छन्। भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ ।

कोरोना भाइरस उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला अमेरिका भने बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टाभित्र अमेरिकामा २ हजार ९८७ जना नयाँ संक्रमित थपिएका छन् ।

अहिलेसम्म विश्वभर ८ हजार ९४४ जनाको मृत्यु भइसकेको छ भने २ लाख लाख १८ हजारभन्दा बढी संक्रमित भएका छन् । ८४ हजार तीन सयभन्दा बढी पूर्ण रुपमा निको भएका छन् ।

यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै बिश्वभर फैलिएकाे छ ।  भाइरस फैलिएपछि विश्वभरनै सावधानी अपनाइएकाे छ ।

के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।



Loading...
loading...

Top