logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

१८५ देशमा फैलियो कोरोना भाइरस, ९२ हजार उपचारपछि निको

स्टिम न्युज वि.सं ८ चैत्र २०७६, शनिबार १२:२४
१८५ देशमा फैलियो कोरोना भाइरस, ९२ हजार उपचारपछि निको

काठमाडौं: कोरोना भाइरसको संक्रमण विश्वका १८५ देशमा फैलिएको छ । शनिबार बिहान ७ बजेसम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण दुई लाख ७५ हजार ७४१ जनामा देखिएको छ ।

भाइरसका कारण हालसम्म ११ हजार ३९७ जनाको मृत्यु भइसकेको छ । यस्तै ९१ हजार ९१२ जना उपचारपछि निको भएका छन् । शुक्रबार र शनिबार बिहान मात्रै विभिन्न ८६ देशमा गरेर ३० हजार ८०८ जना नयाँ बिरामी थपिएका छन् भने ३७ देशमा एक हजार ३६६ जनाको मुत्यु भएको छ ।

शुक्रबार सबैभन्दा बढी इटलीमा पाँच हजार ९८६ जना नयाँ संक्रमित बिरामी थपिएका छन् । इटालीमा शुक्रबार मात्र ६२७ जनाको मृत्यु भएको छ । हालसम्म इटलीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ । यस्तै संक्रमितको संख्या ४७ हजार २१ पुगेको छ।

स्पेनमा शुक्रबार र शनिबार बिहान ३ हजार ४ सय ३३ जना नयाँ बिरामी संक्रमित भएका छन्। स्पेनमा शुक्रबार र शनिबार बिहान ७ बजेसम्म थप २ सय ६२ जनाको मृत्यु भएको छ । यो सँगै स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ९३ पुगेको छ । स्पेनमा हालसम्म संक्रमितको संख्या २१ हजार ५ सय १० पुगेको छ ।

त्यस्तै जर्मनीमा ४ हजार ५ सय २८ जना नयाँ बिरामी थपिएका छन् । शुक्रबार र शनिबार बिहान ७ बजेभित्र थप २४ जनाको मृत्यु भएको छ । योसँगै जर्मनीमा संक्रमित हुनेको संख्या १९ हजार ८ सय ४८ पुगेको छ भने ६८ जनाको मुत्यु भएको छ ।

इरानमा शुक्रबार र शनिबार बिहान मात्र १ हजार २ सय ३७ जना नयाँ बिरामी भेटिएका छन् भने १ सय ४९ जनाको मृत्यु भएको छ । यो सँगै इरानमा १९ हजार ६ सय ४४ जना संक्रमित भएका छन् भने १ हजार ४ सय ३३ जनाको मुत्यु भएको छ ।

अमेरिकामा शुक्रबार मात्र थप ५ हजार ७३३ जना नयाँ बिरामी थपिएका छन् । शुक्रबार कोरोना संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या २६२ पुगेको छ भने संक्रमितको संख्या १९ हजार ५२२ पुगेको छ ।

त्यस्तै चीनमा शुक्रबार र शनिबार बिहानसम्म ४१ जना नयाँ बिरामी थपिएका छन् भने थप ७ जनाको मृत्यु भएको छ । योसँगै चीनमा संक्रमित हुनेको संख्या ८१ हजार ८ पुगेको छ भने मुत्यु हुनेको संख्या ३ हजार २५५ पुगेको छ ।



Loading...
loading...

Top