logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

हङकङमा कोरोना भाइरसबाट एकको मृत्यु

स्टिम न्युज वि.सं २१ माघ २०७६, मंगलवार ११:५३
हङकङमा कोरोना भाइरसबाट एकको मृत्यु

हङकङ । हङकङमा नोवल कोरोनाभाइरस संक्रमित विरामी ३९ वर्षीय एक पुरुषको मृत्यु भएको छ । कोरोना भाइरसबाट हङकङमा मृत्यु भएको यो पहिलो घटना हो । हङकङमा करिब ३० हजारजना नेपालीको बसोबास छ ।

हङकङको अनलाइन पोर्टल एससीएमपीले जनाएअनुसार ती पुरुषको उपचारको क्रममा प्रिन्स मार्गरेट अस्पताल क्वाइचुङमा मंगलबार विहान मृत्यु भएको हो ।

हङकङमा कोरोनाभाइरसबाट १३ औं संक्रमितको रुपमा अस्पताल भर्ना गरिएका उनी जनवरी २१ का दिन कोरानाभाइरसको इपिसेन्टर चीनको वुहान गएका थिए र दुई दिनपछि एक्सप्रेस रेलबाट फर्किएका थिए । उनी ३१ जनवरीदेखि ज्वरोबाट पीडित भएको समाचारमा जनाइएको छ ।

आफ्नी आमासँग वाम्पो गार्डन बस्ने उनलाई क्वीन एलिजावेथ अस्पताल याउमाते भर्ना गरिए पनि कोरोनाभाइरस संक्रमण भएको प्रमाणित भएपछि उनलाई प्रिन्स मार्गरेट अस्पताल स्थानान्तरण गरिएको थियो ।

मृतककी आमा भ्रमणमा कतै नगए पनि १५ औं संक्रमितको रुपमा उनलाई फेब्रुअरीमा आइतबार अस्पताल भर्ना गरिएको छ ।



Loading...
loading...

Top