logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

कोरोना भाइरस: शनिबारसम्म मृत्यु हुनेको संख्या ७२२ पुग्याे

स्टिम न्युज वि.सं २५ माघ २०७६, शनिबार २२:५६
कोरोना भाइरस: शनिबारसम्म मृत्यु हुनेको संख्या ७२२ पुग्याे

काठमाडौं । चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ६० बर्षिय एक अमेरिकी नागरिकको उहानमा बिहीबार मृत्यु भएको जानकारी दिएपनि अन्य विवरण भने दिएका छैनन् ।

त्यसैगरी अर्का एक जना ६० बर्षिय नै जापानीको पनि कोरोना भाइरसकै कारण उहानमै मृत्यु भएको छ । जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ । सरकारी अधिकारीहरुका अनुसार थप झण्डै ३५ सय जनामा यस भाइरसको सङ्क्रमण देखिएको छ ।

कोरोनाका कारण चीन बाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । उनीहरु दुवै जना चिनियाँ नागरिक नै हुन् । डिसेम्बरको अन्त्यमा चिनियाँ बजार उहानमा पहिलो पटक देखा परेको नयाँ कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएको छ ।

विश्वका झण्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएको छ भने तीन देशमा कुल ३२० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र मानिने उहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ । देशका अति राम्रा मानिएका आईसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली उहानमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

उनीहरुमध्ये तीन हजार जना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले शुक्रबार बताउनुभयो । अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरुलाई शारीरिक तथा मानसिक थकान हुने उहाँको भनाई छ ।



Loading...
loading...

Top