logo
  • Wednesday, September 30, 2020
  • वि.सं १४ आश्विन २०७७, बुधबार

कोरोना भगाउने दाबी गरेका क्रिश्चियन धर्म प्रचारकको कोरोनाकै कारण निधन

स्टिम न्युज वि.सं २६ श्रावण २०७७, सोमबार १०:०५
कोरोना भगाउने दाबी गरेका क्रिश्चियन धर्म प्रचारकको कोरोनाकै कारण निधन

पोखरा । कोरोना भाइरसको महामारी सुरू हुँदाताका पोखरामा क्रिश्चियन धर्म प्रचारक कोरोना भगाउने जादु आफूसँग भएको दाबी गर्थे ।

प्रभु यशुका अनुयायीलाई कोरोना नलाग्ने दाबी गर्दै धर्म प्रचार गरेका पास्टर केशवराज आचार्यलाई ११ चैतमा प्रहरीले पक्राउ गरेको थियो ।
चर्चमा मान्छे भेला पारी प्रभु यशुले कोरोना भाइरस नास गर्छन्, भन्ने उनी अहिले जेलमा छन् ।

सरकारले भीडभाड नगर्ने भनेका बेला भीड गरेको र कानुनविपरीत धर्म प्रचार गरी भ्रम फैलाएको आरोप उनीमाथि थियो ।

पोखरा–१९ लामाचौरमा त्यसरी नै धर्मका आडमा भीड जम्मा गर्दै आएका र कोरोना नलाग्ने, लागिहाले आफूले भगाउने दाबी गर्ने एक जनाको भने ज्यान गएको छ ।

उनको ज्यान जानुको कारण कोरोना भाइरस नै रहेको पुष्टि भएको छ । लामाचौरका ६२ वर्षीय उनले ‘ईश्वरी मार्ग भजन मण्डल सच्चाइ केन्द्र’ चलाउँदै आएका थिए । केन्द्रमा उनले प्रवचन दिन्थे ।

ज्वरो र रुघाखोकी लागेकाले १६ असारमा आफैँ अस्पताल पुगेका उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसयता परिश्चमाञ्चल क्षेत्री अस्पतालको आइसीयूमा उपचाररत उनको शनिबार राति मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरेका छन् । उनी मधुमेहका बिरामीसमेत भएको बताइएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट



Loading...
loading...

Top