logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो (अपडेट)

स्टिम न्युज वि.सं २९ चैत्र २०७६, शनिबार ०४:२५
कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो (अपडेट)

काठमाडौँ। कोरोना भाइरस कोभिड-१९ को संक्रमितको संख्या विश्वभर १६ लाख ९४ हजार ९४४ पुगेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर ज्यान गुमाउनेहरुको संख्या १ लाख नाघेको छ। अहिले सम्म १ लाख २ हजार ५ सय १४ जनाको ज्यान गैसकेको छ । ३ लाख ७५ हजार ५ सय ९५ निको भएका छन ।

सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ५ लाख १ सय ३१ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि १८ हजार ५ सय ८५ पुगेको छ । गत मंगलबार सबै भन्दा बढी १९ सय ७१ जनाको ज्यान गएको थियो। त्यस्तै बिहिबार पनि १९ सय जनाको ज्यान गएको छ । संक्रमणका कारण अमेरिकामा बुधबार एकै दिन १९ सय ४० जनाको ज्यान गएको थियो। इपिसेंटर मानिएको न्युयोर्कमा सबै भन्दा बढी ७ हजार ८ सय ४४ जनाको ज्यान गैसकेको छ ।

सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ५८ हजार २ सय ७३ र १ लाख ४७ हजार ५ सय ७७ जनामा संक्रमण देखिएको छ ।

विश्वमा सबै भन्दा बढी ज्यान गुमाउने देश भने इटाली रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १८ हजार ८ सय ४९ ले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने दोश्रो देश अमेरिका रहेको छ । जहाँ १८ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ । सबै भन्दा धेरै ज्यान गुमाउने तेस्रो देश स्पेन रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १६ हजार ८१ जनाको ज्यान गैसकेको छ ।

छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म २४६ जनाको ज्यान गइसकेको छ । भारतमा पछिल्लो पांच दिन मै मृतकको संख्या डबल भएको हो । संक्रमितको संख्या ७ हजार ५ सय ९८ पुगेको छ । भारतमा बिहिबार सबै भन्दा बढी ४९ जनाको मृत्यु भएको छ । त्यस्तै शुक्रबार १९ जनाको मृत्यु भएको छ । शुक्रबार ८ सय ७३ जना नया संक्रमित फेला परेका छन । भारतमा दिन दिनै संक्रमित र मृत्युदर बढेपछि भारत सरकारले लकडाउनलाई थप कडाई गरेको छ ।

नेपालमा पनि ९ जनालाई कोभिड-१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन । बाकी ८ जनाको उपचार भइरहेको छ ।



Loading...
loading...

Top