logo
  • Friday, May 7, 2021
  • वि.सं २४ बैशाख २०७८, शुक्रबार

२४ घण्टामा थप ५७६३ कोरोना संक्रमित पुष्टि, १९ जनाको मृत्यु

स्टिम न्युज वि.सं १८ बैशाख २०७८, शनिबार १७:२२
२४ घण्टामा थप ५७६३ कोरोना संक्रमित पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं। नेपालमा आज ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वितेको २४ घण्टामा १४ हजार ९६९ जनामा आरटिपिसिआर र एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज १ हजार २८७ जना निको भएका छन् । पछिल्लो दिनमा संक्रमण दर बढ्दै गएपनि निको हुनेको दर पनि बढेको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ रहेको छ ।

यसैगरी आज १९ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजा २९८ पुगेको छ ।



Loading...
loading...

Top