logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

कोरोनाको तथ्यांक लुकाएर लुक्दैन : जनस्वास्थ्य प्रयोगशाला

स्टिम न्युज वि.सं ९ चैत्र २०७६, आईतवार १२:०१
कोरोनाको तथ्यांक लुकाएर लुक्दैन : जनस्वास्थ्य प्रयोगशाला

काठमाडौं। सामाजिक सञ्जालमा शिक्षण अस्पताल, नर्भिक अस्पताल, टेकु लगायतका अस्पतालमा कोरोना भाइरस देखिएको तर सरकारले लुकाएको भन्दै अर्नगल प्रचार प्रसार भइरहेको छ ।

हालसम्म नेपालमा ५ सय ५८ जनामा कोरोना भाइरस परीक्षण गरिएको भए पनि चीनबाट फर्किएका एक विद्यार्थीबाहेक नेपालमा अन्यलाई हालसम्म कोरोना भाइरस (कोभिड–१९) देखिएको छैन ।

विश्व स्वास्थ्य संगठनको प्रत्येक्ष निगरानीमा कोरोना भाइरसको परीक्षण हुने भएकोले सरकारले लुकाएर लुकाउन सकिने विषय होइन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले नेपालमा कोरोना भाइरस नआएको दाबी गर्दै समाज हल्लाको पछाडि लागेको बताए ।

‘कोरोनाबारे जनचेतना र सही सन्देश भन्दा अफवाह फैलाउने काम धेरै भयो,’ निर्देशक डा. पाण्डेले भने, ‘सम्बन्धित विज्ञले भन्दा पनि अन्य व्यक्तिले कोरोना सम्बन्धमा बोल्दा अचम्म लाग्छ ।’ उनले हल्लाको पछाडि नदौडन आग्रह गरे ।

केन्द्रीय प्रयोगशालाका टेकुका प्रवक्ता राजेशकुमार गुप्ताले कतिपय अनलाइन मिडियाले आफ्नो नाम लिएर कोरोना देखिएको भन्दै अनर्गल प्रचार गरिरहेको बताए ।

उनले हालसम्म नेपालमा कुनै व्यक्तिलाई पनि कोरोना भाइरस नदेखिएको प्रष्ट पार्दै कोरोनाको तथ्यांक लुकाएर नलुक्ने जानकारी दिए ।



Loading...
loading...

Top