logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

कोरोना संक्रमित युवतीसँगै आएका युवक बागलुङमा स्वतन्त्र घुमिरहेको भेटिए

स्टिम न्युज वि.सं ११ चैत्र २०७६, मंगलवार १०:१४
कोरोना संक्रमित युवतीसँगै आएका युवक बागलुङमा स्वतन्त्र घुमिरहेको भेटिए

बागलुङ: कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित युवतीसँगै फ्रान्सबाट फर्किएका एकजना युवक काठमाडौं हुँदै बागलुङसम्म पुगेको खुलेको छ।

चैत ४ मा काठमाडौं ओर्लिएर एकरात यहाँ बसेपछि बागलुङ पुगेका उनी अहिलेसम्म स्वतन्त्र घुमिरहेको भेटिएको छ।

फ्रान्सबाट कतार एयरवेजको जहाजमा आएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै आएका यात्रुको खोजीका क्रममा ती युवक बागलुङमा भेटिएका हुन्। उनी काठमाडौंबाट बागलुङ पुगेर पनि क्वारेन्टाइनमा नबसी मनलाग्दी घुमिरहेको भेटिएका हुन्।

सरकारले विदेशबाट आउनेलाई अनिवार्य १४ दिन क्‍वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ। बागलुङ ढोरपाटन नगरपालिकाका ती युवालाई कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि भएपछि मंगलबारबाटै ‘होम क्वारेनटाइन’ मा राख्ने तयारी थालिएको छ।



Loading...
loading...

Top