logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

काठमाडौंमा एक महिलामा कोरोना संक्रमण भेटियो

स्टिम न्युज वि.सं १० चैत्र २०७६, सोमबार १२:५५
काठमाडौंमा एक महिलामा कोरोना संक्रमण भेटियो

काठमाडौं। काठमाडौंमा एक महिलामा कोरोनाको संक्रमण भएको भेटिएको छ । फ्रान्सबाट कतार हुँदै काठमाडाैं आएकी महिलामा कोरोना भाइरस देखिएको हो ।

सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिनुभयो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको हाे ।

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेकाे बताइएकाे छ। उनकाे बारेमा विस्तृत जानकारी भने केहि पनि खुलाएकाे छैन ।

उनी यही चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । ती विद्यार्थी कुन विमानमार्फत कहिले नेपाल आएकी हुन भन्ने स्पष्ट पारिएको छैन ।

नेपालमा कोरोना भाइरसको पुष्टि भएको यो दोस्रो घटना हो । महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो। अहिले उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।



Loading...
loading...

Top