logo
  • Tuesday, August 4, 2020
  • वि.सं २० श्रावण २०७७, मंगलवार

कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

स्टिम न्युज वि.सं १२ श्रावण २०७७, सोमबार १८:३७
कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा तीनजनाको ज्यान गएको जनाएको छ ।

त्रिवि शिक्षण शिक्षण अस्पतालमा उपचाररत ६० वर्षीय एक पुरुष पुरुषको छ । बाराको फेटा घर भएका उनी निमोनिया, मस्तिष्कघात लगायतका स्वास्थ्य समस्याबाट पीडित रहेका थिए ।\

त्यस्तै पर्साको वीरगञ्ज बस्ने भारतीय नागरिक पनि कोरोनाबाट मृत्यु भएको छ ।  ६५ वर्षीय उनको हिजो गण्डक अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै धनुषाको डुमरियाका ३६ वर्षीय पुरुषको पनि हिजो नै मृत्यु भएको छ । जनकपुरबाट रेफर गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा उनको बाटोमै हिजो मृत्यु भएको हो । उनी साउन १० गतेदेखि जनकपुरमा उपचाररत थिए ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको बताए । थपिएका १ सय ३९ जनासहित देशभर संक्रमितको संख्या १८ हजार ७ सय ५२ पुगेको उनले जानकारी दिए ।

संक्रमितमध्ये १३ हजार ७ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने ४८ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।



Loading...
loading...

Top