logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि, नेपालमा मृत्यु हुनेको संख्या सात पुग्यो

स्टिम न्युज वि.सं १७ जेष्ठ २०७७, शनिबार १९:११
क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि, नेपालमा मृत्यु हुनेको संख्या सात पुग्यो

काठमाडौं: नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या सात पुगेको छ ।

दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेकै अवस्थामा शनिवार विहान मृत्यु भएको थियो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले युवकको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको जनाएको हो । तीन दिनअघि युवकको स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो । उनी दशदिन अघि भारतवाट फर्केका थिए ।

यसअघि सिन्धुपाल्चोक, बाँके, बारा, ललितपुर, अर्घाखाँची र गुल्मीका एक–एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भैसकेको छ ।



Loading...
loading...

Top