logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने

स्टिम न्युज वि.सं १० चैत्र २०७६, सोमबार १२:२६
कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने

काठमाडौं । सरकारको मन्त्रिपरिषद्कोको आइतबार बसेको बैठकले घोषणा गरेको कोरोना कोषमा उद्योगपति वसन्त चौधरीले १ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

चौधरीले सोमबार एक ट्विट गर्दै सरकारले स्थापना गरेको कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने बताएका छन् ।

सहयोगअन्तर्गत ५० लाख नगद र बाँकी ५० लाखबराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने चौधरीले जनाएका छन् ।

‘कोरोना भाइरसको सं’क्रमण नियन्त्रणका लागि घोषणा गरिएको कोरोना कोषमा नर्भिक/वसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरूप ५० लाख नगद तथा थप ५० लाखबराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने छ,’ चौधरीले सहयोग घोषणा गर्दै ट्विटरमा लेखेका छन् ।

कोरोनाविरुद्ध लड्न सरकारले सोमबार कोरोना कोष स्थापनाको घाेषणा गर्दै सहयाेग गर्न सबैमा आग्रह गरेको छ ।



Loading...
loading...

Top