logo
  • Friday, April 3, 2020
  • वि.सं २१ चैत्र २०७६, शुक्रबार

काेराेनाकाे त्रासले तीन दिनमा दुई लाखले काठमाडौँ छाडे

स्टिम न्युज वि.सं ८ चैत्र २०७६, शनिबार ०७:३८
काेराेनाकाे त्रासले तीन दिनमा दुई लाखले काठमाडौँ छाडे

काठमाडौं। कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा बृद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा बृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् ।

महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ । महाशाखाका अनुसार सरकारले स्कुल/कलेज बन्द तथा बढी भिडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसगैँ उपत्यका छाड्नेको सङ्ख्यामा बृद्धि भएको हो ।

सबैभन्दा धेरै बिहीबार एकैदिन काठमाडौँ उपत्यकाबाट एक लाख ८ हजार ४५८ मानिस विभिन्न नाकाबाट १८ हजार ५५४ वटा सवारी साधनबाट बाहिरिएका छन् । बुधबारको तुलनामा बिहीबार भने उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा केही कमी आएको छ । बिहीबार ८३ हजार १३९ मानिससँगै १५ हजार १४० सवारी साधन भित्रिएका थिए ।

ट्राफिक प्रहरीका अनुसार बुधबार ९५ हजार २४७ जनाले काठमाडौँं छाडे भने विभिन्न जिल्लाबाट ९८ हजार ९३४ जना प्रवेश गरेका छन् । त्यस्तै मङ्गलबार ९१ हजार ८१६ जनाले काठमाडौँ छाड्दा ९० हजार २३० जना प्रवेश गरेका थिए ।

केही दिनअघिसम्म काठमाडौँ छाड्नेभन्दा काठमाडौँ भित्रिनेको सङ्ख्या बढी हुने गरे पनि पछिल्ला दिन कोरोनाको बढ्दो त्रासका कारण काठमाडौँ छाड्नेको सङ्ख्या बढी देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।



Loading...
loading...

Top