logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

कोरोनालाई जितेर आज ३ जना घर फर्किए

स्टिम न्युज वि.सं ११ बैशाख २०७७, बिहीबार २०:०१
कोरोनालाई जितेर आज ३ जना घर फर्किए

काठमाडौ । कोरोनालाई जितेर आज ३ जना घर फर्किएका छन्। सुदूरपश्चिमका चौथो कोरोना संक्रमित १ महिला र पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जना आज डिष्चार्ज भएका हुन्।

बेलायतबाट फर्केका २ जनामा देखिएको कोरोना संक्रमण निको भएको छ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जना आज डिष्चार्ज भएका हुन्।

सुदूरपश्चिमका चौथो कोरोना संक्रमित महिला पनि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप-महानगरपालिका-५ का ३४ बर्षीय पुरुष, लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्।

अव धनगढी उप-महानगरपालिका-५ की ३४ बर्षीय महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत रहेकी छिन्।

यता पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बेलायतबाट फर्किएको २८ दिनपछि दुइजनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

अघिल्लो सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो । उनीहरु मध्ये दुई जना (छोरा र बुहारीं) लाई कोरोना संक्रमण पुष्टि भएको हो । शंका गरिएका ३ मध्ये (आमा) लाई भने संक्रमण देखिएन ।

सनसिटीमा पाँचवटा विल्डिङ छन् । कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए । र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेर सबैमा परीक्षण गरेको थियो । अन्य सबैको परीक्षण नेगेटिभ देखियो



Loading...
loading...

Top