logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

भारतमा पनि फैलिदै काेराेना संक्रमण, १८० जना संक्रमित, ४ काे मृत्यु

स्टिम न्युज वि.सं ७ चैत्र २०७६, शुक्रबार ०७:१८
भारतमा पनि फैलिदै काेराेना संक्रमण,  १८० जना संक्रमित, ४ काे मृत्यु

भारत। कोरोना भाइरस संक्रमणका कारण भारतमा मर्नेको संख्या चार पुगेको छ ।

पञ्जाबमा एक जनाको मृत्यु भएसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या चार पुगेको हो । यसअघि तीन जनाको मृत्यु भइसकेको थियो ।

भारतमा कोराना संक्रमितको संख्या समेत बढेको छ । पछिल्लो तथ्यांक अनुसार १८० जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । संक्रमितमध्ये चार जनाको मृत्यु भएको छ भने १५ जना निको भएर घर गएका छन् ।

कोरोनाबाट महाराष्ट्रमा पीडितको संख्या ४९ जना पुगेको छ । त्यस्तै आन्ध्र प्रदेशमा दुई, दिल्लीमा १०, हरियणामा १७, कर्नाटकमा १४, केरलमा २७, पञ्जावमा २, राजस्थानमा ७, तामिलनाडुमा एक, तेलंगनामा १३, जम्बु कश्मीरमा चार, लद्दाखमा ८, उत्तर प्रदेशमा एक, ओडिशामा एक, छत्तिसगढ र पश्चिम बंगालमा एक एक जनामा कोरोना सं’क्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



Loading...
loading...

Top