logo
  • Friday, November 22, 2019
  • वि.सं ६ मंसिर २०७६, शुक्रबार

कोपा अमेरिकाको उपाधी ब्राजिललाई, पेरु बिरुद्द ३–१ को जित

वि.सं २३ असार २०७६, सोमबार ०८:०२
Blog single photo

कोपा अमेरिकाको उपाधी ब्राजिललाई, पेरु बिरुद्द ३–१ को जित

काठमान्डौ: ब्राजिलमा सम्पन्न ४६औं संस्करणको कोपा अमेरिका कपको उपाधि ब्राजिलले जितेको छ । आयोजक राष्ट्र ब्राजिलले र पेरुलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।

रियो डी जेनेरियोस्थित माराकाना स्टेडियममा भएको फाइनल खेलमा ब्राजिललाई जिताउन इभर्टोन सोआरेज, ग्राबियल जेसस र काउटिन्होले समान एक–एक गोल गरे । यता, पराजित टोली पेरुका लागि पाउलो गुरेर्रोले एक गोल गरे ।

सोआरेनले खेलको १५औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले जेससको असिस्टमा गोल गर्दै ब्राजिलले १–० गोलले अगाडि बढाए । यस्तै खेलको ४४औं मिनेटमा पेरुले बराबर गर्यो । खेलको ४४औं मिनेटमा बक्समा क्षेत्रमा थियागो सिल्भाले ह्यान्ड बल गरेपछि पेरुले पेनाल्टी पाएको थियो, जसमा पाउलो गुरेर्रोले गोल गरे ।

तर, पहिलो हाफको इन्जुरी समयमा जेससले गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए । जेससले अर्थर मेलोको पासमा गोल गरेका थिए । दोस्रो हाफमा ब्राजिल १० खेलाडीमा सीमित बन्न पुग्यो । ब्राजिललाई एक गोल र एक असिस्ट गरेका जेससले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनले खेलको ७०औं मिनेटमा मैदानबाट बाहिरिनु पर्यो ।

त्यसपछि खेलको ९०औं मिनेटमा ब्राजिलले पेनाल्टीको अवसर पाएको थियो । जसमा, रिचार्लीसनले कुनै गल्ती नगरीकन गोल गर्दै ब्राजिललाई ३–१ को जित दिलाए । यस जितसँगै ब्राजिलले नवौं पटक कोपा अमेरिकाको उपाधि चुम्यो । उसले यसअघि ८ पटक यस अवार्डको उपाधि जितिसकेको छ । ब्राजिलले सन् १९१९, १९२२, १९४९, १९८९, १९९७, १९९९, २००५ र २००७ मा गरी आठ पटक यस प्रतियोगिताको उपाधि हात पारिसकेको छ ।




Top