logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

पार्टी उपसभापति गच्छदार विरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि काँग्रेसको आकस्मिक बैठक

स्टिम न्युज वि.सं २३ माघ २०७६, बिहीबार १२:३०
पार्टी उपसभापति गच्छदार विरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि काँग्रेसको आकस्मिक बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक बसिरहेको छ । ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि काँग्रेस पदाधिकारीको आकस्मिक बैठक सानेपामा बसेको हो ।

बैठकमा काँग्रेस निकट कानुन व्यवसायीलाई पनि बोलाइएको छ । काँगे्रस नेताहरु बिहान १० बजेबाट पार्टी कार्यालय सानेपामा छलफलमा जुटेका छन् ।

बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित छ । अख्तियारले हिजो ललिता निवास प्रकरणमा दोषी करार गर्दै काँग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

२०६६ मा माधवकुमार नेपालको नेतृत्वको सरकार हुँदा प्रधानमन्त्री निवास विस्तार गर्न मन्त्रिपरिषदमा ७ बुँदे प्रस्ताव गएको थियो । तत्कालीन भौतिक योजना तथा निर्माण सचिव दीप बस्न्यातले प्रस्ताव अघि बढाएका थिए भने भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले स्वीकृति दिएर मन्त्रिपरिषद्मा पुर्‍याएका थिए ।

सोही प्रस्तावका आधारमा टेकेर मोही नै नभएका १२ जना मोही कायम भएर उनीहरूले १३ रोपनी बढी सरकारी जग्गा पाएका थिए । त्यही आधारमा टेकेर गच्छदारमाथि मुद्दा दायर भएको छ ।



Loading...
loading...

Top