यसरी हुँदैछ नेकपाका तल्ला कमिटी एकीकरण

तल्ला कमिटी एकीकरण
Advertisement

यसरी हुँदैछ नेकपाका तल्ला कमिटी एकीकरण

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तल्ला कमिटीको एकीकरण दुई पार्टीको सांगठनिक शक्ति सम्मानजनक समायोजित हुने गरी टुंगो लगाइने भएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

भदौ पहिलो साताभित्र प्रदेश, जिल्ला र जनसंगठनहरूको एकीकरण टुंग्याउने गरी अधिकांश कार्यदलले दस्ताबेज, समायोजन हुने संख्या र नामसमेत करिब–करिब टुंगो लगाएका छन् । यद्यपि, मूल नेतृत्वबारे औपचारिक निर्णय हुन बाँकी छ ।

सकभर जिल्ला, प्रदेश र जनसंगठनको नेतृत्व सर्वसम्मत टुंग्याउन निर्देशन दिइए पनि कार्यदलका नेताहरूले निष्कर्ष निकाल्न सकेका छैनन् । उनीहरूले कमिटीको नाम, अध्यक्ष र सचिवका दाबेदारको नाम केन्द्रीय सचिवालयमै सिफारिस गर्दै छन् ।

Facebook Comments