logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

ललिता निवास हिनामिना प्रकरण : सीआईबीले छुट्टै मुद्दा चलाउने

स्टिम न्युज वि.सं २३ माघ २०७६, बिहीबार ०७:५७
ललिता निवास हिनामिना प्रकरण : सीआईबीले छुट्टै मुद्दा चलाउने

काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा छुट्टै मुद्दा दर्ता गर्ने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई विपक्षी बनाउँदै बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको उक्त प्रकरणमा सीआईबीले सार्वजनिक पदको दुरुपयोगसहित कर्मचारी, भूमाफिया, तत्कालीन भोगाधिकारी र नक्कली मोहीविरुद्ध किर्ते र ठगीमा भिन्नै मुद्दा दर्ता गर्न लागेको हो ।

हरियो रंग– २०४९ सालमा राणा परिवारलाई फिर्ता भएको । रातो– प्रधानमन्त्री निवास विस्तारमा परेको । हल्का रातो– नक्कली मोहीका नाममा वितरित । पहेंलो– गुठीका नाममा वितरित । हल्का नीलो– विशिष्ट व्यक्तिको निवास । रातो र आकाशे रंगबीचको गाढा हरियो– प्रधानमन्त्री निवासभित्रबाटै व्यक्तिलाई फिर्ता गरिएको ।

काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर सीआईबी यो प्रकरणमा मुद्दा दर्ताको तयारीमा जुटेको छ । सीआईबी आरोपितलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारीमा छ । ०७५ फागुन २८ गते सरकारले ललिता निवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गर्न सीआईबी र अख्तियारलाई एकैपटक जिम्मा दिएको थियो । सीआईबीले १० महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन गत साता सरकारलाई बुझाएको छ । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।



Loading...
loading...

Top