logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

नेता र उच्च ओहदाकाहरुको गोप्य फाइल खोतल्दै सिआइबी

स्टिम न्युज सम्वाददाता वि.सं ७ फाल्गुन २०७६, बुधबार ०८:४८
नेता र उच्च ओहदाकाहरुको गोप्य फाइल खोतल्दै सिआइबी

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय ७५ जनाविरुद्ध ठगी मुद्दा दर्ता भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआबी)ले उनीहरुका गोप्य फाइलहितका कागजात खोतल्न सुरु गरेको छ ।

विशेष अदालतमा शुक्रबार मुद्दा दर्तापछि सिआइबीले सम्बन्धित व्यक्ति तथा कार्यालयहरुबाटै कागजी प्रमाण झिकाएर भित्री अध्ययन सुरु गरेको हो ।

पुराना फाइल तथा दस्तावेज मात्र नभएर व्यक्तिलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्ने योजना सिआबीको छ । सीआइबीका प्रवक्ता बेलबहादुर पाण्डेले अनुसन्धानका क्रममा गोप्य फाइल अध्ययन गर्नुपर्ने बताउनुभयो । उनले ककसलाई पक्राउ गर्ने भन्नेबारे योजना बनिसकेको तर त्यसलाई अहिले सार्वजानिक गर्न नमिल्ने बताएका छन् । आजको नागरिक दैनिकमा प्रकाशित छ ।



Loading...
loading...

Top