logo
  • Wednesday, September 23, 2020
  • वि.सं ७ आश्विन २०७७, बुधबार

भरतपुरस्थित आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना संक्रमणको रिपोर्ट आउन बाँकी

स्टिम न्युज वि.सं ११ चैत्र २०७६, मंगलवार १५:१७
भरतपुरस्थित आइसोलेसनमा राखिएका एक युवकको मृत्यु, कोरोना संक्रमणको रिपोर्ट आउन बाँकी

चितवन: भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले जानकारी दिए ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भए-नभएको रिपोर्ट आउन बाँकी छ ।



Loading...
loading...

Top