logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

कोरोना भाइरस: चीनमा १० दिनमै तयार भएको हजार शैयाकाे अस्पताल

स्टिम न्युज वि.सं २० माघ २०७६, सोमबार १२:०६
कोरोना भाइरस: चीनमा १० दिनमै तयार भएको हजार शैयाकाे अस्पताल

काठमाडाैं : चीनले कोरोना भाइरसको संक्रमण फैलिएको वुहान शहरमा १० दिनमा नै कोरोना भाइरसका विरामीको उपचार गर्न अस्पताल तयार पारेको छ।

चीनिया सेनाको सहायतामा बनेको उक्त अस्पताल एक हजार शैयाको छ। चीनले १० दिनमै अस्पताल तयार पारेर उपचार सुरु गर्ने घोषणा गरे अनुसार नै अस्पताल तयार भएको छ।

त्यहाँ करिव १४०० जना स्वास्थ्यकर्मीहरु विरामीको उपचार गर्न तयारी अबस्थामा बसेका छन्। चीनमा ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार २ सय ५ जना भाइरसका बिरामी रहेको जनाइएको छ। यसको असर चीन बाहिरका देशमा पनि फैलिएको छ। हिजो मात्रै फिलिपिन्समा उक्त भाइरसका कारण एक जनाको मृत्यु भएको छ। भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ।



Loading...
loading...

Top