अकबरे (डल्ले) खुर्सानी को फाइदा के हुन् ? खेती गर्ने तरिका सहित

अकबरे (डल्ले) खुर्सानी
Advertisement

अकबरे (डल्ले) खुर्सानी को फाइदा के हुन् ? खेती गर्ने तरिका सहित

अकबरे(डल्ले) खुर्सानी अरु खुर्सानीको तुलानामा अति पीरो खुर्सानीको रुपमा चिनिन्छ । खादाँ पीरो भएता पनि एसको उपयोग बढी मात्रामा भएको पाइन्छ ।

खुर्सानी पीरो किन हुन्छ ?

खुर्सानीमा पिरोपना ल्याउने खुर्सानीको बाहिरी भागले हो जुन बाहिरी भागमा हुने क्याप्सिसिन र क्याप्सिक्युटिनले गर्दा हुन्छ ।

खुर्सानीको फाईदा

  • अकबरे खुर्सानीमा प्रसस्त मात्रामा भिटामिन ‘ए’ र भिटामिन ‘सी’ पाइन्छ ।
  • यस खुर्सानीको प्रयोगले रक्तचाप घटाउंछ ।
  • खुर्सानीमा हुने क्यप्सिसिनले मोटापन घटाउन मद्दत गर्छ ।
  • दीर्घ दुखईमा पनि क्याप्सिसिन उपयोगी पाइएको छ ।
  • पीनासको समस्या हटाउछ ।
  • आन्द्राको घाउ ( अल्सर ) मा पनि औसधिको काम गर्दछ ।

खेति गर्ने तरिका

हावापानी

अकबरे खुर्सानी प्रायजसो हावापानीमा गर्न सकिन्छ। यो खुर्सानी दिनको तापक्रम २२-२५ डी. से र राति १५ -२० डी .से मा उपयुक्त हुन्छ । चिसो सहन नसक्ने भएकाले तुसारो बाट बचाउन प्लास्टिक घर भित्र राख्नुपर्छ अथवा केहिले छोप्नुपर्छ ।

माटो:

पिएच मान ६ देखि ६.५ र पानीको राम्रो निकास भएको दोमट माटो उपयुक्त हुन्छ ।

जग्गाको तयारी :

गोबर वा कम्पोष्ट मल राखेर जमीनलाई तीन देखि चार पटक खनजोत गरी झारपात हटाइ समथर बनाउने । बिरुवा रोप्नको लागि ६० से.मीको फरकमा ड्याङहरू बनाउने ।

मलखाद :

रासायनिक मलको परिमाण माटोको उर्वराशक्ति, अघिल्लो बाली, कम्पोष्ट मलको परिमाण र बालीको जातमा भर पर्छ ।

बिरुवा रोप्ने दूरी, उमेर र सार्ने तरिका :

ड्याङमा हारको दूरी ६० से.मी र बोटदेखि बोटको दूरी ४५ से.मी. मा रोप्ने । करिब ३० देखि ३५ दिनको बेर्ना जाडोयाममा ५–६ पाते र वर्षायाममा ७–८ पाते होचो बेर्ना सार्ने । बेर्ना सारेको ३–४ दिनभित्र बेर्ना मरेको ठाउँमा नयाँ बेर्ना पुनः सार्ने ।

गोडमेल :

खुर्सानीबालीमा झारपात हटाएर माटो खुकुलो बनाइ राख्न २–३ पटक गोडमेल गरी उकेरा लगाउने । विरुवामा छापो लगाउने

सिंचाई र निकास :

आवश्यकता अनुसार ३ देखि ४ पटक ड्याङको आधाभाग भिज्नेगरी सिंचाई गर्ने । बिरुवाको फेदमा पानी जम्न नदिने ।

बाली संरक्षण :

यस खुर्सानी ओइलाउने र मोज्याक भाइरस रोग लाग्छ । ओइलाउने रोग लागेमा पुरै विरुवा ओइलाएर मर्दछ । मोज्याक भाइरस लागेका पातहरू गुज्मुजिन्छन् र बिरुवा पहेंलो हुँदै जान्छ । मोज्याक भाइरस लागेका बिरुवाहरू उखेलेर जलाउने । ओइलाउने रोगबाट बचाउनको लागि बाली चक्र अपनाउने । तर भेडे खुर्सानी, भण्टा, गोलभेडा, आलु जस्ता सोलानेसी परिवारका बिरुवाहरू भने बाली चक्रमा प्रयोग गर्नु हुँदैन ।

बाली लिने:

जात अनुसार बेर्ना रोपेको करिब तीन महिनाबाट सुरु गरी आठ महिनासम्म खुर्सानी टिप्न सकिन्छ । भेट्नुमा काठ पसेको हरियो चम्किलो खुर्सानी टिप्न सकिन्छ ।

Facebook Comments