logo
  • Thursday, November 21, 2019
  • वि.सं ५ मंसिर २०७६, बिहीबार

बच्चाको दुधे दाँत झर्दा धुरी कटाउने गर्नु भाछ ? अब सम्हालेर राख्नुस !

वि.सं २४ आश्विन २०७६, शुक्रबार १५:१३
Blog single photo

बच्चाको दुधे दाँत झर्दा धुरी कटाउने गर्नु भाछ ? अब सम्हालेर राख्नुस !

एजेन्सी– अमेरिकामा नेसनल रिसर्च सेन्टर फर बायोलोजीको एक अनुसन्धानले बच्चाको दुधे दाँत सँम्हालेर राखे भविष्यमा धेरै लाभदायी हुन सक्ने देखाएको छ । उक्त अध्ययनमा सानोमा टुट्ने दाँतमा भएको ‘स्टेम सेल’ ले क्यान्सर र मुटुसम्बन्धी रोगको उपचार हुन सक्छ भन्ने देखाएको हो ।

अनुसन्धानकर्ताका अनुसार बढी उमेरका मान्छेहरुको तुलनामा बच्चाहरुको दाँत वातावरणमा धेरै समयसम्म सम्पर्कमा नरहने हुनाले खराब भएका हुँदैनन् । दाँतमा भएको ‘स्टेम सेल’ को सहयताले शरीरमा सजिलै नयाँ कोशिका निर्माण गर्न सक्छ । बच्चाहरुका दाँतबाट पाइने स्टेम सेल उपचारका लागि एकदमै राम्रो सावित हुन सक्छ जसले गर्दा ‘बोनम्यारो’ निकाल्नै पर्दैन ।

दाँतमा रहेको स्टेम सेल को खोज र त्यसमाथि गरिएको शोधकार्य अहिले प्रारम्भिक चरणमा रहेको छ । तर भविष्यमा यसको मद्दतले क्यान्सरको उपचारका साथै हृदयघात कम गर्नमा सहयोग गर्न सक्छ । त्यसैगरी दाँतमा पाइने स्टेम सेलले हाडको, आँखाको तन्तु निर्माण गर्न सक्छ । यो स्टेम सेल १० वर्षको बच्चाको दाँतबाट पाइन्छ ।




Top