logo
  • Monday, January 18, 2021
  • वि.सं ५ माघ २०७७, सोमबार

बालश्रम उन्मूलन चुनौतीपूर्ण

स्टिम न्युज वि.सं २२ पुष २०७७, बुधबार ०७:१३
बालश्रम उन्मूलन चुनौतीपूर्ण

काठमाडौँ। बल्खुको चिया, खाजा खुवाउने होटलमा आफूभन्दा ठूलो भाँडा माझ्नु कमल (नाम परिवर्तन) को रहर होइन । आफ्नो उमेर १० वर्ष बताउने कमलले पुसको कठ्याङ्ग्रिने जाडोमा समेत एकसरो कपडाको भरमा जुठा भाँडा माझ्नुपर्छ ।

बिहान ५ बजेदेखि राति १०÷११ बजेसम्म भाँडा माझ्ने र सरसफाइको काम चलिरहन्छ कमलको । यसरी काम गर्दा कमलले खाना र बसाइको पैसा तिर्नु पर्दैन र मासिक सात हजार रुपियाँ पारिश्रमिक पनि पाउनुहुन्छ । यो रकम घरमा बाबुआमालाई पठाउनुहुन्छ ।

मकवानपुर घर बताउने कमलका अनुसार उहाँ आफूसहित छ जना दाजुभाइ दिदीबहिनीसहितको परिवार छ । तर आर्थिक अवस्था कमजोर भएका कारण दुई जना दाजुदिदी पनि काठमाडौँमै होटलमा काम गर्नुहुन्छ ।

कलङ्की–रत्नपार्क चल्ने मिनीबसका सहचालक विमल (परिवर्तित नाम)लाई बसको ढोकामा झुन्डिँदै यात्रु बोलाउने बानी नै परिसकेको छ । हेर्दा १०÷११ वर्षको जस्तो देखिने विमल आफ्नो वास्तविक उमेर बताउनुहुन्न ।

निकै चलाख देखिने उहाँ भाडाको हिसाब गर्न खप्पिस हुनुहुन्छ । खाएर र बसेर मासिक १० हजार रुपियाँ तलब पाउने गरेको बताउने विमलको चाहना भविष्यमा राम्रो ड्राइभर बन्ने छ ।

त्यस्तै गोरखाका १२ वर्षीय सन्दीप (नाम परिवर्तन) काठमाडौँको कङ्लकीस्थित ग्यारेजमा काम गर्नुहुन्छ । आफ्नो तौल सोसरहको बढीको टायर ओल्टाइपल्टाइ गरी टाल्न सधैँ व्यस्त देखिने सन्दीपको तलब भने मासिक १३ हजार रुपियाँ छ । सन्दीप भन्नुहुन्छ, ‘‘आफ्नै पैसाले खाने–बस्ने गर्नुपर्छ । पैसा धेरै बच्दैन ।’ यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।



Loading...
loading...

Top