logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

खाजा पकाउने क्रममा आगालागी हुँदा एक बालकको मृत्यु

वि.सं १३ श्रावण २०७५, आईतवार ११:३२
खाजा पकाउने क्रममा आगालागी हुँदा एक बालकको मृत्यु

खाजा पकाउने क्रममा आगालागी हुँदा एक बालकको मृत्यु

फलेवास, पर्वत — पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारस्थित डिमुवाका एक बालकको खाजा पकाउने क्रममा आगालागी हुँदा ज्यान गएको छ ।

स्थानीयवासी लोकेन्द्रजंग लामिछानेका ११ वर्षीय छोरा एन्जलजंग लामिछानेको शनिबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । चाउचाउ पकाउने क्रममा एक्कासि सल्किएको आगोले पोलिएर घाइते भएका लामिछानेको उपचारका क्रममा काठमाडाँैको कीर्तिपुर हस्पिटलमा मृत्यु भएको हो ।

उनी नवजागृत उच्च मावि तिलाहारमा कक्षा ५ मा अध्ययनरत थिए । बिदाको समयमा घरमा बसेका उनी आफैँ खाजा बनाउने क्रममा यस्तो दुर्घटना भएको मोदी–६ का वडाध्यक्ष विमल लामिछानेले जानकारी दिए । उनको राजधानीमा दाहसंस्कार गरिएको छ । लामिछानेको निधनले सिंगो विद्यालय र गाउँसमेत शोकमग्न बनेको छ ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com