logo
  • Friday, October 30, 2020
  • वि.सं १४ कार्तिक २०७७, शुक्रबार

आफ्नै छोरीकी साथीको बलात्कारपछि हत्या

स्टिम न्युज वि.सं २९ आश्विन २०७७, बिहीबार २२:१९
आफ्नै छोरीकी साथीको बलात्कारपछि हत्या

रौतहट: रौतहटको गढीमाई नगरपालिका-४ मा दुई साताअघि एक बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ४५ वर्षीय चुनु शाह तेलीलाई पक्राउ गरेको छ।

असोज १६ गते साँझ स्थानीय उखु खेतमा १४ वर्षीया बालिकाको शव भेटिएको हो। प्रहरीका अनुसार ती बालिका सोही दिन बिहान गाईबस्तुका लागि घाँस पात लिन घरबाट निस्किएकी थिइन्। प्रहरीका अनुसार बालिका हजुरबुबाको घरमा बस्दै आएकी थिइन्।

उनका बाआमा गढीमाई-१ मा बस्ने गर्छन्। बलात्कृत भएपछि बालिकाले घटनाबारे अरुलाई भनिदिने बताएपछि तेलीले उनको हत्या गरेको प्रदेश-२ प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए। प्रहरीका अनुसार मृतक बालिका तेलीको छोरीकी साथी हुन्। ती बालिका तेलीको घरमा आइरहन्थिन्।

यसअघि गत महिना बाजुरामा पनि १२ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको थियो।



Loading...
loading...

Top