logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

छोरी बलात्कार को आरोपमा एक व्यक्ति पक्राउ, विदेशतिरको उदाहरण दिदै पार्थे बाध्य

वि.सं २८ जेष्ठ २०७६, मंगलवार १७:१०
Blog single photo

छोरी बलात्कार को आरोपमा एक व्यक्ति पक्राउ, विदेशतिरको उदाहरण दिदै पार्थे बाध्य

२८ जेष्ठ, काठमाडौं । छोरी बलात्कार को आरोपमा प्रहरीले एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति नेपाल सरकारका उपसचिव तहका कर्मचारी रहेको बताइएको छ ।

आरोपितको नाम प्रहरीले गोप्य राखेको छ । पीडितको परिचय खुल्ने भएकाले नाम गोप्य राखिएको प्रहरीको भनाइ छ ।प्रहरी नियन्त्रणमा रहेका व्यक्ति परिवारसंग ललितपुर धोविघाटमा बस्दै आएका प्रहरीले बताएको छ ।

४५ वर्षीय ति व्यक्तिले आफ्नी १८ वर्षीया छोरीलाई आमा नभएको बेलामा पटकपटक बलात्कार गर्ने गरेको बताइएको छ ।
विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध सामान्य रहेको भन्दै उनले आफ्नी छोरीलाई शारीरिक सम्बन्धका लागि बाध्य पार्ने गरेको बताइएको छ ।

धेरै अघिदेखि बलात्कार हुदै आएको भएपनि परिवारले घटनालाई लुकाएको बुझिएको छ ।घटनाबारे आमालाई समेत जानकारी भएको तर घरको कुरा रहेको र इज्जत जाने भन्दै घटनाको ढाकछोपको प्रयास भएको थियो ।

परिवारकै बेइज्जती हुने डरले श्रीमानलाई सचेत गराउदै घटना लुकाउदै आएको भएपनि पटकपटक सम्झाउदा समेत नसुध्रिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ

पक्राउ परेका उपसचिवविरुद्ध मुलुकी अपराध संहिताको जबर्जस्ती करणीको कसुर अन्तर्गत म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

झड्केली छोरी बलात्कार गर्ने बाबु पक्राउ




Top