logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

छोयला बनाउने तरिका : मुखै रसाउने परिकार स्वादिष्ट हाकु छोयला

वि.सं १० जेष्ठ २०७६, शुक्रबार १२:१४
Blog single photo

छोयला बनाउने तरिका : मुखै रसाउने परिकार स्वादिष्ट हाकु छोयला

काठमाडौ : नेवारी परिकार मन नपराउने मानिस कमै मात्र होलान । नेवारी परिकारकाे विशेष स्वादिष्ट हाकु छोयला त सबैभन्दा पहिले सम्झना आइहाल्छ । झन् यो गर्मीमा त पीरो छोयलाको विशेष महत्व हुन्छ । त्यसैले स्वादिष्ट हाकु छोयला बनाउने तरिका बारे जानकारी दिदैछौं ।

यो परिकार जुन सुकै मासुको पनि बनाउन सकिन्छ । जस्तै कुखुरा, हाँस ,खसी, रांगा ,सुकेको माछा इत्यादि। नेपालमा हाँस साँधेको, खसी साँधेको र वंदेल साँधेको विषेश प्रसिद्द छ भने छोयलाको रूपमा साँधेको राँगाको मासु, नेवारी खानाको अभिन्न अङ्ग हो । यसलाइ छोयला वा छोइला पनि भनिन्छ, याे परिकार बनाउने तरिका र सामाग्री सरल र सुलभ भएकाले घरमा नै बनाउन सकिन्छ ।

स्वादिष्ट हाकु छोयला बनाउने सामाग्री :

१ किलो मासु (बोसो नभएको तर मनपर्ने भएमा छाला राखे हुन्छ)

५० ग्राम सुकेको रातो खुर्सानी भुटेर पिनेको

५० ग्राम लसुनर अदुवाको पेष्ट

१/१ चम्चा जिरा धनियाँको धुलो

भुटेर पिधेको आधा चम्चा मरिच

टिमुरको धुलो

नुन बेसार इच्छानुसार

एक मुठा हरियो लसुन वा प्याजको पात

हरियो धनियाँ केही

तोरीको तेल ५० ग्राम (लोकल तेल वा खोकनाको तोरीको तेल पाए उत्तम)

मेथी (फुराउनको लागि)

अलिकति बेसार

दुइवटा ठुलो गोलभेँडा उसिनेर बोक्रा फालेको ( मन नपर्ने भए नराख्दा हुन्छ)

छोयला बनाउने तरिका ( छोइला बनाउने तरिका )

मासु सफा गरेर चेप्टो लामो पीस गर्नु र नुन बेसारमा मोली आधा घण्टा छोडिदिनु होस ।

अब छ्वाली वा परालमा मासुलाई राम्रोसँग पोल्नु होस ( पराल पाइएन भने कोइला वा ग्याँस वा स्टोभमा एउटा जाली राखी पोल्न पनि सकिन्छ )

पोलेको मासुमा सबै मसलाहरू राखी मजासँग हातैले मोल्नु होस ।

यदि इच्छा भएमा अलिकति कागति पनि राख्न सकिन्छ ।

प्यानमा तेल तताउनुस त्यसमा मेथी पुराउनुस अलिकति कालो भए पछी बेसार हालेर चलाउनुस ।

धनियाँ र लसुन वा प्याजको पात हालेर फेरी माथी तयार गरेको तेल मेथीले छोयला झान्नुहोस ।

फेरी एकपटक बिस्तारै मोल्नु होस ।

पोल्नको सट्टा उसिनेर पनि गर्न सकिन्छ । अब यसरी तयार भएको छोयला चिउरासँग, खाना सँग खान सक्नु हुन्छ । यो छोयला बनाउने तरिका, छोयला मनपर्ने साथीलाइ शेयर गर्न नभुल्नुहोस है ।

मुखै रसाउने मासुको परिकार बनाउनुस अझ स्वादिलोः पोलेको कुखुरा




Top