logo
  • Monday, October 25, 2021
  • वि.सं ८ कार्तिक २०७८, सोमबार

चौधरी ग्रुप टेलिकम क्षेत्रमा प्रवेश गर्दै, फोरजी सेवा विस्तारमा ११ अर्ब लगानी गर्ने

वि.सं १८ असार २०७६, बुधबार १७:२६
चौधरी ग्रुप टेलिकम क्षेत्रमा प्रवेश गर्दै, फोरजी सेवा विस्तारमा ११ अर्ब लगानी गर्ने

Spread the love

चौधरी ग्रुप टेलिकम क्षेत्रमा प्रवेश गर्दै, फोरजी सेवा विस्तारमा ११ अर्ब लगानी गर्ने

काठमाण्डौ ।  चौधरी ग्रुप(सीजी)ले निःशुल्क भ्वाइससहितको फोरजी सेवा भित्र्याउन चीनको हुवावे टेक्नोलोजीसँग एक सय मिलियन डलरको सम्झौता गरेको छ । हुवावे टेक्नोलोजी विश्वको फाइभजी उपकरण सप्लाई गर्ने अन्य थुप्रै कम्पनीको मुख्य प्रतिस्पर्धी कम्पनी हो ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले यो सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै नेपालभर फोरजी सेवा सजिलै उपलव्ध हुने दावी गरेका छन् ।

पछिल्लो समय अमेरिकाले हुवावेको प्रविधिलाई रिजेक्ट गर्न विश्वलाई आग्रह गर्दै आएको छ । अमेरिकाले भनेजस्तो हुवावेले भने आफ्नो प्रविधिमा सुरक्षाको कुनै पनि जोखिम नरहेको बताउने गरेको छ ।

नेपालको मोवाइल सेवालाई गुणस्तरीय बनाउन र यो क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यले चौधरी ग्रुपले फोरजी नेटवर्कका लागि मात्रै २५० मिलियन डलर खर्च गर्नेछ ।

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले एक अन्तराष्ट्रिय संचारमाध्यमलाई दिएको अन्तर्वार्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यो समूहले

चौधरी ग्रुपले  ल्याउने मोवाइल सेवा अन्तर्गत भ्वाइस सेवा निःशुल्क हुनेछ भने कम्पनीले डेटा, अनलाइन पेमेन्ट र अन्य सेवाहरुमा विशेष फोकस गर्ने चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले अन्तराष्ट्रिय संचारमाध्यमसंगको कुराकानीमा दाबि गरे।

हुवावे टेक्नोलोजीले १०० मिलियन डलर बराबरको फोरजी नेटवर्कका लागि उपकरण गर्ने र उक्त उपकरणलाईनै पछि फाइभ जीमा अपग्रेड गरिने चौधरीले बताएका छन् ।

टर्कीको टर्कसेलको सहायक कम्पनी लाइफसेलसंग सिजीलाई प्राबिधिक  र सर्भिसमा सहयोग उपलब्ध गराउने गरी सम्झौता भैसकेको चौधरीले प्रष्ट्याएका छन् ।

सिजीले यसअघिदेखि नै केही टेलिकम्युनिकेसन सर्भिसको लिमीटेड सेवा ग्रामीण भेगहरुमा संचालन गर्दै आएको छ ।

हाल नेपालको टेलिकम्युनिकेसन क्षेत्रमा नेपाल टेलिकमको ५१ प्रतिशत मार्केट सेयर रहेको छ । त्यसपछि एनसेल र स्मार्टसेलको उपस्थिति छ ।

चौधरीले ३ देखि ४ वर्षभित्रमा आफ्नो कम्पनीले नेपालको एकतिहाई मार्केटमा कब्जा जमाउने विश्वास समेत व्यक्त गरेका छन् ।

१.७ बिलियन डलर सम्पत्तिका धनि चौधरी फोब्सको  डलर अर्बपतिको सूचिमा नेपालबाट प्रतिनिधित्व गर्ने एक मात्र डलर अर्बपति हुन् ।  ।

एशियामा चर्चित बनेको चौधरी ग्रुपको चाउचाउ ब्रान्डसँगै ग्रुपले बैंक, दूरसञ्चार व्यवसाय, अटो, रियर स्टेट, होटल लगायतका व्यवसायमा लगानी गरिरहेको छ। साथै भारतको ताज ग्रुपसँगको साझेदारीमा माल्दिभ्समा दुई वटा रिसोर्ट सञ्चालन गरिरहेको छ।

 



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com