logo
  • Tuesday, September 17, 2019
  • वि.सं ३१ भाद्र २०७६, मंगलवार

विश्वको सबैभन्दा लामो केवलकार नेपालमा बन्ने, डीपीआर तीन महिनामा सम्पन्न हुँदै

वि.सं १९ जेष्ठ २०७६, आईतवार ०८:३९
Blog single photo

विश्वको सबैभन्दा लामो केवलकार नेपालमा बन्ने, डीपीआर तीन महिनामा सम्पन्न हुँदै

काठमाडौँ ।  विश्वको सबैभन्दा लामो केवलकार नेपालमा बन्ने भएको छ । धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको । कास्कीको पर्यटिकय गन्तव्यहरूको प्रवेश स्थल मानिने वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ ।

कुल ८३.६५ किलोमिटर लम्बाईको विश्वको सबैभन्दा लामो केवलकार हुने दाबी गरिएको छ । प्रस्ताावित केवलकार निर्माणका लागि डीपीआर निर्माण कार्य सुरु भइसकेको जानकारी मुक्तिनाथ दर्शन केवलकार प्रालिका इन्जिनियर बिकास त्वनाबासुले दिए ।

प्रस्तावित सो केवलकारको डीपीआर निर्माणका लागि अस्ट्रेलियाको विशेष प्राविधियुक्त विमान तीन दिनअघि नेपाल आइपुगेको हो । सोही विमानको सहयोगमा डीपीआरको काम भइरहेको छ । नापी विभाग र निर्माण कम्पनीका प्राविधिकहरूको सहयोगमा डीपीआर निर्माण कार्य भइरहेको उनले बताए ।

अबको तीन महिनाभित्र डीपीआर निर्माण कार्य सम्पन्न हुने बताउँदै इन्जिनियर त्वनाबासुले निर्माण पछी विश्वको सबैभन्दा लामो केवलकार नेपालमा बन्ने पक्का हुने बताए  । याे समाचार आजको गोरखापत्र दैनिकमा छ ।




Top