logo
  • Sunday, February 23, 2020
  • वि.सं ११ फाल्गुन २०७६, आईतवार

सिके रावत काठमाडौंमा, पार्टी दर्ता गर्ने तयारी

वि.सं १३ बैशाख २०७६, शुक्रबार १६:५०
सिके रावत काठमाडौंमा, पार्टी दर्ता गर्ने तयारी

सिके रावत काठमाडौंमा, पार्टी दर्ता गर्ने तयारी

काठमाडौं–: सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको छ। स्वन्तन्त्र मधेसको अभियान छाडेर संवैधानिक प्रक्रियामा सामेल भएका राउत आयोगमा जनमत पार्टी दर्ता गर्ने उदेश्यसहित काठमाडौं आएको पार्टीका नेता चन्दन सिंहले जानकारी दिए।

चन्दनका अनुसार अहिले संवैधानिक र कानुनी प्रक्रिया सम्बन्धी आवश्यक सल्लाह र छलफल र कागजपत्र मिलाउने कार्य भइरहेको छ। राउत नेतृत्वको टोलीले गृह सचिव प्रेम राईलाई भेटघाट गरी सम्झौता अनुसारको मुद्दा फिर्ता लिनका लागि नामावली पेश गरेको छ। ३ सय ५० भन्दा बढी नाम संकलन गरेर त्यस्तो सूची तयार पारेर दिएका चन्दनले बताएका छन्

अलग मधेस राष्ट्रको माग गर्दै आन्दोलनरत राउत गत फागुन २४ गते सरकारसँग ११ बुँदे सम्झौता गरेर नेपालको अखण्डतासहित संवैधानिक प्रक्रियालाई स्वीकार गर्दै मूलधारको राजनीतिमा आएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मूलधारको राजनीतिमा प्रवेश गरेका राउतले जनमत पार्टी नामाकरण गरेका  तराई मधेसमा संगठन विस्तार तथा सरकारसँग भएको सम्झौताका बारेमा व्याख्या गरिरहेको छ।



Loading...
loading...

Top