logo
  • Tuesday, September 17, 2019
  • वि.सं ३१ भाद्र २०७६, मंगलवार

विलासिता वस्तुको आयात बढ्दै: १० महिनामा ११ खर्ब व्यापार घाटा

वि.सं ११ जेष्ठ २०७६, शनिबार ०७:२०
Blog single photo

विलासिता वस्तुको आयात बढ्दै: १० महिनामा ११ खर्ब व्यापार घाटा

काठमाडौं । विलासिता वस्तुको आयात र कृषिको परनिर्भरताले मुलुकको व्यापार घाटा बढेको छ। १० महिनामा ११ खर्ब व्यापार घाटा भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब ५६ अर्ब ६७ करोडको व्यापार भएको छ। त्यसमा आयात ११ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ भएको छ। जसमध्ये १० खर्ब ९९ अर्ब ६० करोड घाटा भएको हो।

अघिल्लो वर्षको १० महिनाको तुलनामा २० दशमलव ६ प्रतिशतले व्यापार घाटा बढेको छ। आर्थिक वर्ष ०७४ ्०७५ को १० महिनामा व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड पुगेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




Top